भारतमा नरकिय जीवन बिताइरहेकी ५ नेपाली महिलाको उद्धार


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
भारतमा नरकिय जीवन बिताइरहेकी ५ नेपाली महिलाको उद्धार

काठमाडौँ । भारतमा बेचिएका ५ जना नेपाली महिलाको उद्धार गरिएको छ । 

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका पाँच जना नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको हो । महिलालाई उद्धार पछि डि.एन.ए.परीक्षण गराई परिवारलाई बुझाइएको छ । 

भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडितहरुलाई पूनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम उनीहरु र परिवारको डि.एन.ए. परिक्षण गरी बेचिएका महिलाको उद्धार गरिएको हो ।

५ चेलीहरुमध्ये ३ जना चेलीहरुलाई प्रहरी प्रधान कार्यालयका ए.आई.जी. पुस्कर कार्की, एस.एस.पी. ईश्वर बाबु कार्की, एस.पी. कृष्ण हरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेश कुमार सिंहको नेतृत्वमा डि।एस।पी। रविन भण्डारीको टिमले सात दिनभित्रमै परिवारजन र पीडितको डि.एन.ए. रिपोर्ट तयार पारेको थियो ।

नेपालमा भारतबाट उद्धार गरी ल्याईएका पीडित महिला चेलीहरुलाई आवश्यक कागजातहरुका साथै डि।एन।ए। परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।

अन्ततः १७ महिनाको नरकिय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका चेलीहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरी आज परिवारजनलाई हस्तान्तरण गर्न सफल भएको हो । पिडित महिलाको उद्धारको लागि नेपाल दूताबास, नेपाल प्रहरी, माइती ईण्डियाको टिम सहकार्य गरेको थियो ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..