कारगारमै भयाे २७ कैदीको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
कारगारमै भयाे २७ कैदीको मृत्यु

काठमाडौँ । चालू आर्थिक वर्षको हालसम्ममा देशभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ। विभिन्न रोगका कारण ती कैदीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए। “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो”, उनले भने।

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ। कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए।

हाल देशभर झण्डै २१ हजार कैदी छन्। करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन्। कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ। आव २०७४र७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो। मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन्। चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..