बाल गृहका प्रहरीलाई चक्मा दिँदै फिल्मी शैलीमा भागे ६  कैदीबन्दी 


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
बाल गृहका प्रहरीलाई चक्मा दिँदै फिल्मी शैलीमा भागे ६  कैदीबन्दी 

भैरहवा । रुपन्देहीमा बाल गृहका प्रहरीलाई चक्मा दिँदै फिल्मी शैलीमा ६  कैदीबन्दी भाग्न सफल भएका छन्।

भैरहवास्थित रहेको बालसुधार गृहबाट फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह ७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी ४, प्युठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका तानसेन ३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामा एक महिना कैद सजाय भोगिरहेका विरुवा गाउँपालिका ४, स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३, उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सरविन पौडेल) र चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका बुटवल ८ का १५ वर्षीय राजेश सुनार रहेको छन् ।

 सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन् । १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो ।

त्यही क्रममा उनीहरुले योजना बनाएर फरार भएको बालसुधार गृह रुपन्देहीकी प्रमुख सुभद्रा गौतमले बताइन् । फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
 


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..