राष्ट्रिय प्रहरी प्रतिष्ठान फराकिलो ठाउँमा स्थानान्तरण गर्ने तयारी


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
राष्ट्रिय प्रहरी प्रतिष्ठान फराकिलो ठाउँमा स्थानान्तरण गर्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज प्रहरी निरीक्षक आधारभूत तालिमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने,“धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौँ वर्षअघि भारतलेसमेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे ।”

“कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, जनताको पक्षमा काम गर्न सरकार दृढ छ”, प्रधानमन्त्रीले थपे ।

प्रहरी स्रोतका अनुसार प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा स्थानान्तरण गर्न २(३ चरणमा गरी ८२२ रोपनी जग्गा लिइसकिएको छ । अर्को प्रसङ्गमा उनले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिए ।

देशको समृद्धि र सुशासनका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गरे ।

सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न सुझाव दिए । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्य परायण देखाएर सेवा गर्नका लागि हो भन्दै उनले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने बताए ।

“प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।” समारोहमा गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीमा छ भन्दै पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको र ९० प्रतिशत बढी प्रतिवादीलाई कानूनी कठघरामा उभ्याइनुुुु सङ्गठनको व्यावसायिकताकै सूचक भएको उल्लेख गरे ।

गृहमन्त्री थापाले व्यक्तिगत त्रुटि र लापर्वाहीले सङ्गठनप्रतिको नागरिकको भरोसा घट्ने बताउँदै त्यसमा सतर्कता अपनाउन निर्देशन दिए । हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी रहेको र राष्ट्र र संविधान विरोधी गतिविधि प्रदर्शन भइरहेको छ भन्दै देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न प्रहरीलाई आग्रह गरे ।

गलत मनशायले निर्दोषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । “असमर्थन गर्न पाइन्छ तर अराजक बन्न पाइँदैन, सबै सम्भावना र शक्ति विरोधमा मात्रै खर्च गर्ने हो भने समृद्ध र समुन्नत नेपाल बनाउने कसरी, यो सोचनीय विषय होइन र ?” गृहमन्त्री थापाले भने ।

उनले नेपाल प्रहरी सुधारको बाटामा अगाडि बढेको बताउँदै सुरक्षा सरकारको प्राथमिकता र दिगो विकासका लागि अनिवार्य शर्त भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरी कर्मचारीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न आग्रह गरे ।


मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान
मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न..

श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या
श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या

जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भ..

सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..