युवतीलाई  १० जना मिलेर गरे सामूहिक बलात्कार


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
युवतीलाई  १० जना मिलेर गरे सामूहिक बलात्कार

एजेन्सी । भारतमा पञ्जावको लुधियानामा आफ्नो साथिसँग कारमा घर गइरहेकी एक युवतीलाई १० जना युवकहरुले तानेर बाहिर निकाले, त्यसपछि कथित तरिकाले सामूहिक बलात्कार गरेका छन् । यसरी बलात्कृत भइसकेपछि ती युवती उजुरी दिन प्रहरीमाझ पुगेपछि मात्र यो घटना बाहिर सार्वजनिक भएको हो ।

यो घटनाको छानविन गरिरहेका प्रहरी अधिक्षक तरुण रतनले बताए अनुसार ती युवती आफ्नो साथिसँग कारमा लुधियानाबाट इसावल गइरहेकी थिइन् । यसैबीच तीन वटा बाइकमा सवार ब्यक्तिहरुले पछ्याउँदै जगरावं पुगेपछि रोके । साथै ती कारमाथि उनीहरुले ढुङ्गा र इँटाहरुले प्रहारसमेत गरेका थिए । त्यसपछि ती युवतीलाई कुटपिट गर्दै कारबाट तानेर बाहिर निकाले । साथै सुनसान ठाउँमा लगेर १० जनाले सामूहिक बलात्कार गरे ।

दुई दिनसम्म बन्दक बनाएर राखे

ती युवतीले उजुरीमा जनाए अनुसार उनलाई दुई दिनसम्म बन्दक बनाएर राखेका थिए । साथै अन्य ६–७ जना अन्य उनका साथिहरुलाई पनि बोलाएर बलात्कार गर्न गलाए ती यौन पिपासु युवकले । त्यसपछि त्यस ठाउँबाट बल्लतल्ल उम्केर प्रहरीमाझ उजुरी गर्न पुगिन् ती युवती ।

यसै घटनालाई लिएर प्रहरीले उजुरी दर्ता गरेको छ । सिभिल अस्पतालको मेडिकल जाँचमा ती युवतीलाई सामूहिक बलात्कार भएको खुलासा भएको छ । प्रहरीले ती यौन पिपासुहरुको खोजी कार्य सुरु गरिसकेको जनाइएको छ ।


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..