३३ किलो सुनकाण्डकाे सुनवार्इमा संलग्न भएका उच्च अदालतका फेरि थप दुई न्यायाधीश तानिए


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
३३ किलो सुनकाण्डकाे सुनवार्इमा संलग्न भएका उच्च अदालतका फेरि थप दुई न्यायाधीश तानिए

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश तानिएका छन्।  न्याय परिषद्ले उनीहरुलाई काजमा तान्दै छानवीनमा जुटेकाे परिषद्का एक कर्मचारीले बताएकाे छ। पछिल्लो पटक काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे छन् ।

न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले पुष्टि गर्दै अब अदालतमा ९ जनामात्र न्यायाधीश रहेको बताए। उनका अनुसार उच्च अदालतमा १२ न्यायाधीशको दरबन्दी छ।

यसअघि सुन तस्करी प्रकरणको मुद्दालाई फुटाएर अलग अलग इजलासले सुनुवाइ गर्दा कार्यविधिका साथै केही मुद्दाको प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको र आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा विवादमा मुछिएको भन्दै न्याय परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जनालाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको थियो।

काजमा तानिनेमा उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की छन्। उनीहरूको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई परिषद्ले खटाएको थियो।


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..