धनगढी प्रिमियर लिग : रुपन्देहीको लगातार दोस्रो जित


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
धनगढी प्रिमियर लिग : रुपन्देहीको लगातार दोस्रो जित

कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनमात्र बनाउन सक्यो ।

राजेश पुलामीमगरले सर्वाधिक १७ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा रुपन्देहीका पुनित मेहराले ३ तथा कप्तान वसन्त रेग्मी र ललित भण्डारीले समान २र२ विकेट लिए ।

जवाफमा रुपन्देहीले १३ ओभर १ बलमै ५ विकेटको क्षतिमा जित हासिल गर्‍यो । अलराउन्डर पुनितले २७ बलमा ४६ रन जोडे । विराटनगरका अभिनाश यादवले २ विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ रुपन्देहीका पुनित मेहरा घोषित भए ।


सुर्खेत ट्रिपर दुर्घटना अपडेटः गोली चल्यो, प्रदर्शनकारी घाइते
सुर्खेत ट्रिपर दुर्घटना अपडेटः गोली चल्यो, प्रदर्शनकारी घाइते

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित गौतमचोकमा ट्रिपर दुर्घटनाको विषयलाई लिएर स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीको..

घुस रकमसहित राजश्व कार्यालयका अधिकृत पक्राउ
घुस रकमसहित राजश्व कार्यालयका अधिकृत पक्राउ

चितवन । भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयो..

कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?
कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?

काठमाडौं । सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले खबरदारी नगर्दा सरकार निरंकुश भएको धारणा राखेका छन् ।  नेपाल ब..

चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..