अढाई करोड धरौटीमा छुटे गोपाल खड्का


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
अढाई करोड धरौटीमा छुटे गोपाल खड्का

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। करोडौँको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले खड्कालाई धरौटीमा छोड्ने ओदेश दिएको हो।

खड्काले दुई करोड पचास लाख धरौटी बुझाएर छुटेका छन्। अख्तियारले उनको १८ करोड ६६ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो।

खड्काविरुद्धको मुद्दमा आज विशेष अदालतमा भएको छुनछेकको बहसमा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनलाई धरौटी रकम बुझाउन आदेश गरेको दिएको। खड्काको धरौटीमा नेपाल इन्भेष्टमेन्ट बैंक ग्यारेन्टी बसेको छ।

खड्कालाई आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। 


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..