अधिकृतस्तरमा बढुवा हुन स्नातक आवश्यक


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
अधिकृतस्तरमा बढुवा हुन स्नातक आवश्यक

काठमाडौँ । अब स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । यसअघि अधिकृतस्तरमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था रहेको थिएन । 

यसैगरी सचिव तहमा सरुवा सेवा समूह राखिएको छैन । विशिष्ट श्रेणीका सचिव अब एक समूहबाट अर्को समूहमा जान पाउने नयाँ व्यवस्था राखिएको उनले जनाकारी दिए । “अब प्रशासनको सचिव इञ्जिनीयरिङ सेवा र स्वास्थ्यको सचिव राजस्व सेवामा जान पाउने गरी सचिवमा सरुवा सेवा समूह राखिएको छैन”, उनले भने, “एउटा सेवाको सचिव अन्य सेवामा सरुवा भई जानसक्ने व्यवस्था गरिएको छ ।” 

पेश गरिएको विधेयकमा अब आरक्षण कोटा एक व्यक्तिले एकपटक मात्र पाइने व्यवस्था गरिएको छ । यसअघि एक व्यक्तिले पटकपटक आरक्षण कोटा पाउने गरेका थिए । विधेयकको दफा ९ को उपदफा २ को ९१० मा कुनै व्यक्तिले सेवा अवधिभर एक पटक मात्र कोटामा पर्न पाउने उल्लेख गरिएको छ । 

यसैगरी विधेयकमा भौगोलिक क्षेत्रमा काम गरेको अनुभव अङ्कसमेत परिमार्जन गरिएको प्रवक्ता अधिकारीले बताए । उहाँका अनुसार ‘क’ वर्गमा काम गरेको प्रत्येक वर्ष चार अङ्क, ‘ख’ वर्गमा ३.२५ अङ्क ‘ग’ वर्गमा २.५० अङ्क र ‘घ’ वर्गमा १.६ अङ्क राखिएको छ । यसैगरी विधेयकमा स्थानीय र प्रदेशमा रहेका कर्मचारी सङ्घमा खुला प्रतिस्पर्धाबाट बढुवा भएर आउने पाउने व्यवस्था गरिएको छ । 


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..