जनयुद्धलाई कहिल्यै नस्वीकारेका ओलीले फेरि दिए प्रचण्डलाई धोका, नेकपामा देखियो फुट्को यस्तो संकेत! 


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
जनयुद्धलाई कहिल्यै नस्वीकारेका ओलीले फेरि दिए प्रचण्डलाई धोका, नेकपामा देखियो फुट्को यस्तो संकेत! 

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रहेका पुर्व माओवादी प्रचण्ड लगायतका नेताहरुले फागुन १ गते जनयुद्ध दिवस देशभर मनाउन  सर्कुलर जारी गरेका छन्। तत्कालिन नेकपा एमालेका नेताहरुले माओवादीले चलाएको दश बर्षे छापामार युद्धलाई कहिल्यै नस्वीकारे पनि पहिलो पटक जनयुद्ध दिवस मनाउने मौन सहमति जनाएका छन्।

गत वर्ष नेकपा माओवादी केन्द्रले मनाएको जनयुद्ध दिवसमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि हुने कुरा सबै तिर चाले पनि अन्तिम समयमा आएर ओली विभिन्न वहाना बनाएर सहभागी भएनन् । ओली मात्र होइनन् पूर्व एमालेका कुनै नेता जनयुद्ध दिवसमा सहभागि भएका थिएनन्। तर, गत जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पनि जनयुद्धबारे दुबै दल मौन देखिए । पार्टी एकतापछि पनि पूर्वएमाले नेताहरु भन्दै थिए जनयुद्धलाई हामीले स्वीकार गरेका छैनौँ । तर, औपचारिक रुपमै नेकपाले जनयुद्ध दिवस मनाउन सर्कुलर नै जारी गरेपछि अव पूर्व एमाले नेताहरुले पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र बिद्रोह सुरु ग¥यो । नयाँ जनबादी सत्ताको स्थापना गर्ने भन्दै दश बर्ष लामो चलाएको सशस्त्र बिद्रोह अन्तत २०६२÷०६३ को आन्दोलनपछि १२ बुदे सहमति हुदै बिस्तृत शान्ति सम्झौता मार्फत बिराम लाग्यो ।

तर, माओवादीले युद्ध सुरुवात गरेको दिनको स्मरण गर्दे हरेक बर्ष फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउदै आएको थियो । 
उनीहरुले पनि जनयुद्ध दिवस मनाउदै आएका छन् । पार्टी एकतापछि जनयुद्ध दिवस के होला भनी पूर्व माओवादी नेता तथा कार्यकर्ताले चासो देखाइरहेका थिए।

जनयुद्ध शब्द सुन्नै नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओली पनि दिवस मनाउन सहमत भएका छन्। ओली र दाहालको भेनेजुएला प्रकरणपछि बाकयुद्ध नै चल्यो । नेकपाका अध्यक्षद्धय ओली र दाहालबीचको छलफलले बिवाद समाधान मात्रै गरेन पूर्व एमालेलाई जनयुद्ध दिवस मनाउन बाध्य पा¥यो ।

किनकी भर्खरै सरकारको काम र भेनेजुएला प्रकरणमा असन्तुष्ट जनाएका दाहाललाई जनयुद्ध दिवस मनाउन साथ नदिए थप बिवाद बल्झने खतरा अध्यक्ष ओलीले देखेका थिए । यसैले होला जनयुद्ध शब्द सुन्नै नरुचाउने पूर्व एमाले नेताहरु जनयुद्धलाई पार्टीकै दिवसका रुपमा मनाउन सहमत भए ।

तत्कालीन माओवादीको भातृ संगठन जनसांस्कृतिक महासंघ नेपालले भोली प्रज्ञा भवनमा २४ औं जनयुद्ध दिवसका अवसरमा कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड हुनेछन् । कार्यक्रममा प्रधानमन्त्रीलाई पनि निम्तो गरिएको भए पनि व्यस्तताका कारण सहभागी नहुने सन्देश दिइएको छ ।

पूर्व माओवादीका नेताहरुले गएको वर्ष मिलेर निर्वाचन लड्दा पनि सहभागी नभएका नेकपा अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओली यस वर्ष पनि दिवसमा सहभागी नएर हामीहरुलाई धोका दिएका जस्तो हुने आकलन गेरका छन्।

स्रोतका अनुसार माओवादी नेताहरुले यदि ओली यस पटक पनि विससमा सहभागी नभए निकट भविष्यमा पार्टी भित्र नेताहरुबीच मनमुटाव हुने र पार्टी फुट्न पनि सक्ने बताएका छन्। स्रोतले भन्यो, ओलीले यस पटक दिवसमा सहभागी नभए पाटी निश्चित रुपमा दुई बाँडिने छ।

पूर्व एमालेको प्रतिनिधित्व गर्दै सचिवालयका महासचिव विष्णु पौडेल सहभागि हुने बताइएको छ । भोली बिहान पार्टी कार्यालय धुम्बाराहीमा पनि ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्मान कार्यक्रम’ राखिएको छ । त्यसमा पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने बताइएको छ।

एउटै चुनावी नारा बनाई निर्वाचनमा होमिएर बहुमत प्राप्त गरेका दुई दलमा ओलीले भने अहिले पनि मन भित्रबाट जनयुद्धलाई नस्वीकारेको उनी निकाटका नेताहरुले बताएका छन्।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..