संसदमै ओलीमाथि जनार्दन शर्माले लगाए संघीयता विरोधी आरोप, नेकपामा खैलाबैला!  


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
संसदमै ओलीमाथि जनार्दन शर्माले लगाए संघीयता विरोधी आरोप, नेकपामा खैलाबैला!  

काठमाडौं । नेकपाका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अप्रत्यक्ष रुपमा संघीयता विरोधी भएको आरोप लगाएका छन्। उनले ओली नेतृत्वको सरकराले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) विधेयक संघीयता विरोधी रहेको बताए।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै पूर्वगृहमन्त्री शर्माले विधेयक पुर्ण रुपमा संविधानको मर्म विपरित र संघीयता विरोधी भएको ठोकुवा गरेका हुन्।

संविधानको धारा २ सय ३२ को उपधारा १ मा उल्लेख गरेको संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्त हुनेछ भन्ने प्रष्ट लेखिएको उल्लेख गर्दे उनले विधेयक सो व्यवस्था विपरित आउनु दुर्भाग्यपुर्ण भएको टिप्पणी गरे।

उनले यही अवस्थामा विधेयकलाई अघि बढाईएमा संघ र प्रदेश बीच थप द्धन्द्ध श्रृजना हुने र मुलुक विकास र समृद्धिको बाटोमा नभई झगडामा अल्झिने दाबी उनले गरे। संविधानको भाग ५ मा धारा ५६ को उपधारा ६ मा संघ, प्रदेश र स्थानीय तहको शक्ति पृथकीकरणको सिद्धान्त अनुसार गरिएको व्यवस्था विपरित विधेयक ल्याईएको उनको तर्क थियो।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..