माधवकुमार नेपालले ओलीलाई टार्गेट गर्दै सइकल मन्त्रीमाथि लगाए यस्ताे गम्भीर अाराेप


नेपाल पाना प्रकाशित: २०७५-११-१ गते
माधवकुमार नेपालले ओलीलाई टार्गेट गर्दै सइकल मन्त्रीमाथि लगाए यस्ताे गम्भीर अाराेप

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अधिकांस कार्यालयमा अहिले पनि घुसखोरी चलिरहेको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टार्गेट गर्दै  सामान्य प्रशासन मन्त्री (साइकल मन्त्री) लालबाबु पण्डितको यस तर्फ ध्यानाकर्षण गराएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सरकारी कार्यालयबाट सम्पादन हुने काममा ढिलासुस्ती र घुसखोरीको सम्बन्धित मन्त्रालयले प्रयाप्त मात्रमा अनुगमन नगर्दा विचौलियाको विगविगी रहेको बताए। घुसखोरी मुलुकको समृद्धिमा मुख्य बाधक रहेको उनले जिकिर गरे।

बुधबार महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका—२ सिङ्ग्याहीबजारमा महेन्द्र माविको नयाँ आठ कोठे भवनको शिलान्यास र आइतबार र बुधबार लाग्ने साप्ताहिक हटियाको शुभारम्भ गर्दै वरिष्ठ नेता नेपालले ढिलासुस्ती र घुसखोरीविरुद्ध सरकार तथा अधिकारसम्पन्न निकायले मोलाहिजारहित कार्वाही गर्न कसर राख्न नहुने बताए।

उनले भने, 'घुसखोरी रोक्न सरकारी कार्यालयलाई निगरानी राख्ने सामान्य प्रशासन मन्त्रालय तादरुकताका साथ लाग्नुपर्छ।' नेता नेपालले घुमाउरो शैलीमा ओली नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न सफल नभएको जिकिर गरे। उनले लालबाबु पण्डितले नेतृत्व गरेकाे सामान्य प्रशासन मन्त्रालयद्वारा खटिएका कर्मचारी नै घुसखाेरीमा  लिप्त भएकाे अाराेप लगाए।

“हामी समृद्ध नेपाल र सुखी नेपालीको नारा भन्दैछौँ,” नेता नेपालले भने, “सरकारी कार्यालयबाट सम्पादन हुने सेवाबाट जनताले सजिलो अनुभूति नगरेसम्म समृद्धिको कुराले सार्थकता पाउँदैन ।” भ्रष्टाचार र ढिलासुस्तीलाइ कानूनी कार्वाही मात्र नभएर सामाजिक घृणासमेत गरिनुपर्ने नेता नेपालको भनाइ थियो। 







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..