विधि प्रक्रिया मिचेपछि ओली–प्रचण्डलाई माधव नेपालले दिए यस्तो चेतावनी, मनपरी स्वीकार्य छैन


नेपाल पाना प्रकाशित: २०७५-११-१ गते
विधि प्रक्रिया मिचेपछि ओली–प्रचण्डलाई माधव नेपालले दिए यस्तो चेतावनी, मनपरी स्वीकार्य छैन

 जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वयको पछिल्लो गतिविधि ठिक नभएको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले मनपरी ढंगले पार्टी नचलाउन अध्यक्षद्वयलाई चेतावनी समेत दिएका हुन् । व्यक्तिले म सर्वेसर्वा हुँ ठान्नु गलत भएको भन्दै उनले जानेको छैन भने पार्टी प्रणाली सिक्न आग्रह गरे ।

जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता नेपालले जनयुद्ध दिवस मनाउने निर्णय आफूलाई थाहा नभएको बताए । उनले भने, ‘कुनै पनि कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो कार्यक्रम मलाई थाहा छैन ।’

जति सुकै राम्रो काम गर्न पनि विधि प्रक्रिया पालाना गर्नुपर्ने नेता नेपालको जोड छ । उनले भने, अध्यक्षहरुले (पार्टी प्रणाली) जानेका छैनन् भने जान्नुपर्‍यो । हामीलाई अनुभव छ, लिनुपर्‍यो ।’

कुनै पनि आन्दोलनमा शहीद भएका व्यक्तिहरुप्रति सम्मान राख्नुपर्ने तर, पार्टीले कार्याक्रम आयोजना गर्ने हो भने विधि प्रक्रिया पालना गर्नुपर्ने नेता नेपालले बताए।

निजी निर्णय गर्ने शैलीमा गम्भीर आपत्ति रहेको भन्दै उनले भने, ‘यो व्यक्तिले म सर्वेसर्वा हुँ ठान्ने, चाहे एक अध्यक्ष होस्, चाहे दुई अध्यक्ष होस् । यो तरिका गलत हो ।’

नेकपाले बुधबार जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको सम्मानमा देशभर कार्यक्रम गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा पनि कार्यक्रम भएको थियो तर, कार्यव्यस्तता देखाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..