संसदमै ओलीको बकमफुसे उखान टुक्कामाथि सांसद देवकोटाले दिइन् यस्तो दनक, मुछियो मन्त्रीहरूको नाम 


नेपाल पाना प्रकाशित: २०७५-११-२ गते
संसदमै ओलीको बकमफुसे उखान टुक्कामाथि सांसद देवकोटाले दिइन् यस्तो दनक, मुछियो मन्त्रीहरूको नाम 

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ तथा राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले देशमा केपी ओली नेतृत्वको सरकार आएदेखि काण्डैकाण्ड मुछिएको बताएकी छन्। उनले सरकारको एक वर्षे कार्यकाल सानो सानो काण्ड  नभएर देश नै हल्लिने काण्डैकाण्डमा बितेको आरोप लगाएकी छन् । सभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद देवकोटाले प्रधानमन्त्री ओलीको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको जोडदारका साथ खण्डन गरेकी छन् ।

सांसद देवकोटा विशेष समयमा बोल्दै भनिन्, ‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो? दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ?’ ‘भैसीको दूध सिंहदरबारभित्र बस्ने मन्त्रीहरूलार्इ मात्रै पुग्याे की अरूलार्इ पनि?।’

प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो ! ‘ नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।

अाेलीकाे यस्ताे उखान टुक्काका भनार्इलार्इ काँग्रेसले खण्डन गर्दै देशकाे विकास र जनताकाे पक्षमा अाेली नेतृत्वकाे सरकार उनका मन्त्रीहरूलार्इ लाग्ने सुझाएकाे छ। अाेलीकाे यस्ताे उखान टुक्काका भनार्इलार्इ लक्षित गर्दै काँग्रेसले अाेली प्रचण्ड नेतृत्वकाे सत्तारूढ दल नेकपाले झुठकाे राजनीति गरिरहकाे अाराेप लगाएकाे छ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..