‘भ्यालेन्टाइन डे’ मा अभिनेत्री वर्षा र अभिनेता संजोग बाँधिए विवाह बन्धनमा 


नेपाल पाना प्रकाशित: २०७५-११-२ गते
‘भ्यालेन्टाइन डे’ मा अभिनेत्री वर्षा र अभिनेता संजोग बाँधिए विवाह बन्धनमा 

काठमाडाैँ । नेपाली चलचित्रकी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिँएका छन् ।  सात वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन्। प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’ अर्थात् बिहीवार उनीहरु विवाह बन्धनमा बाँधिए पछि बधार्इकाे अाेइराे लागेकाे छ।

दुईको विवाहको तश्बिर ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ ।

प्राप्त तस्वीरमा संजोग र वर्षा दुलहा(दुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । बैबाहिक समारोहमा उनीहरुका केही निकट चलचित्रकर्मीहरुको पनि उपस्थित छ । शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् ।

७ वर्ष अगाडि वर्षा र संजोगको भेट फिल्म ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो फिल्म प्रदर्शनमा आएको छैन ।







निरमायालाई फर्केर आउन भन्दै रामचन्द्र आए बजारमा (भिडियाेसहित)
निरमायालाई फर्केर आउन भन्दै रामचन्द्र आए बजारमा (भिडियाेसहित)

काठमाडौं । रामचन्द्र चन्दको नयाँ लोकदोहोरी ‘फर्केर आइदेउ न निरमाया’ बोलको गीत बजारमा आएकोे छ । शैली क्रियशन प्रा.लि. मार्फत सार्वजनिक भएको उक्त लोकदोहोरी गीतमा..

राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..