फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (ट्रेलरसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-५ गते
फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं । पूर्वी नेपालको सामान्य कथा समेटिएको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलर काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

निर्माण टिमले पूर्वी नेपालको कथा झल्काउने गरी फिल्म निर्माण गरेको जनाएको छ । आयोजित कार्यक्रममा फिल्मका अभिनेता अनुपविक्रम शाही, नायिकाद्वय वर्षा शिवाकोटी र माला लिम्बु लगायत उपस्थित थिए ।

ट्रेलरमा गाउँले परिवेशलाई समेटिएको छ । सन्तोष राई र भिषण राईको कथा तथा पटकथा रहेको ‘पुरानो बुलेट’ लाई भिषण राईले निर्देशन गरेका हुन् ।

चैत्र १ गतेबाट रिलिज हुने यो फिल्ममा अनुप, वर्षा र मालाका अलावा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बादल श्रेष्ठ, टीकाराम राई लगायतले अभिनय गरेका छन् ।







निरमायालाई फर्केर आउन भन्दै रामचन्द्र आए बजारमा (भिडियाेसहित)
निरमायालाई फर्केर आउन भन्दै रामचन्द्र आए बजारमा (भिडियाेसहित)

काठमाडौं । रामचन्द्र चन्दको नयाँ लोकदोहोरी ‘फर्केर आइदेउ न निरमाया’ बोलको गीत बजारमा आएकोे छ । शैली क्रियशन प्रा.लि. मार्फत सार्वजनिक भएको उक्त लोकदोहोरी गीतमा..

राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..