पुलवामा हमलापछि भारतसँग डराउँदै पाकिस्तान, इस्लामावादले गुहा-यो राष्ट्रसंघ


नेपालपाना प्रकाशित: २०७५-११-७ गते
पुलवामा हमलापछि भारतसँग डराउँदै पाकिस्तान, इस्लामावादले गुहा-यो राष्ट्रसंघ

काठमाडाैं । भारतप्रशासित काश्मीरको पुलवामामा आफु संरक्षित चरमपन्थीले कारबम हमला गरि ४२ भारतीय प्रहरीको ज्यान लिएलगत्तै भारतले दिएको चेतावनीका कारण पाकिस्तान निकै आत्तिएको छ । 

भारतले कुनै हालतमा पुलवामा हमलाको बदला लिइछाड्ने प्रण गरेका कारण पाकिस्तान डराएको हो । भारतबाट हुन सक्ने आक्रमण रोक्ने पहल गर्न पाकिस्तानको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघलाइ पत्र नै लेखेको छ । 

पाकिस्तानी विदेशमन्त्री मेहमुद कुरेसी शाहले सोमबार संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको जानकारी गराएका छन् । पुलवामा हमलाको नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो चुनावमा नकारात्मक रणनीति लिन सक्ने खतरा रहेको जानकारी समेत गराएको शाहले बताएका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसलाई लेखेको पत्रमा भारतले पाकिस्तानमाथि गर्नसक्ने आक्रमण र त्यसका सम्भावित नतिजाबारे पनि आफुले  सचेत गराइएको बताए ।

पुलवामा आक्रमणमा पाकिस्तानको संलग्नताको ‘कारवाही योग्य प्रमाण’ प्रस्तुत गर्न पनि भनिएको शाहले बताएका छन् ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..