पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!


नेपाल पाना प्रकाशित: २०७५-११-७ गते
पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!

काठमाडाैँ । काश्मिरको पुलुवामा भएको घटनामा त्यहाँको विदेश मन्त्रालयले जवाफ दिनुपर्ने ठाउँमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफैँले जवाफ दिएपछि घटना थप रहस्यमय बन्न पुगेको छ। 

विदेश मन्त्रालयको काम कारवाहीमाथि हस्तक्षेप गरी पाकिस्तानी प्रधानमन्त्री खान आफैँले जवाफ दिएलगत्तै पाकिस्तानको पनि उक्त घटनामा संलग्नता रहेको कुरा भारतीय संचारमाध्यहरुले उठाइरहेका छन्। काश्मिरको पलुवामा घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको त्यहाँ सरकारले जतिसुकै स्पष्टीकरण दिएपनि उनीहरुकाे नै संलग्नता रहेको भारत सरकारको दावी छ।

पुलुवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले काश्मिरमा हुने हरेक आक्रमणमा भारतले पाकिस्तानलाई दोषारोपण गर्ने गरेको र पुलवामा घटनामा पनि कुनै प्रमाण विना आरोप लगाएको भन्दै आपत्ति जनाएपछि भारत सरकारले त्यसको खण्डन गरेको छ।

यो घटनामा कुनै पाकिस्तानी संलग्न भएको भए प्रमाण ल्याउन प्रधानमन्त्री खानले भारतलाई चुनौती दिए लगत्तै भारत सरकारले यो घटना पाकिस्तानकै योजना र संलग्नतामा भएको अाराेप लगाएकाे छ। 

पुलुवामा गत विहीवार भएको आतंकवादी आक्रमणमा ४२ भारतीय सैनिकको मृत्यु भएको छ। यो घटनाको जिम्मेवारी पाकिस्तानी सशस्त्र संगठनले लिएको थियो। भारतले यो घटनाका लागि पाकिस्तान जिम्मेवार रहेको ठहर गर्दै सजाय भोग्नुपर्ने चेतावनी दिइसकेको छ। 







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..