कम्युनिष्ट सरकारलाई ठाडो चुनौती दिदैँ संसदमै उमा रेग्मीले च्यातिन् नियमावली!


नेपाल पाना प्रकाशित: २०७५-११-८ गते
कम्युनिष्ट सरकारलाई ठाडो चुनौती दिदैँ संसदमै उमा रेग्मीले च्यातिन् नियमावली!

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद उमा रेग्मीले दुई तिहाईको दम्भमा कम्युनिष्ट सरकार समानुपातिक सांसदमाथि विभेद गरेको आरोप लगाएकी छिन्।

प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुले सांसद रेग्मीको आरोपमा सहमति जनाएका छन्। प्रतिपक्ष तर्फका समानुपतिक सांसदहरुले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गर्नको लागि ल्याइएको नियमावलीमा समानुपातिक सांसदहरुलाई विभेद गरिएको संसद बैठकमै सरकारमाथि आरोप लगाए। उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो छ ।

कांग्रेस सांसद उमा रेग्मीले उक्त नियमावली संसद बैठकमै च्यातिन् । उनले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनले आरोप लगाइन् ।

‘सबै समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाउने नियमावली पाच्य छैन । सरकारले यो नियमावली परिवर्तन गरोस्, एउटै हाउसमा बसेका सांसदको मानमर्दन नगरोस्,’ उनले भनिन् ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..