नेपालका बुढा हात्तीलाई अब बृद्धाश्रममा राखिने


पत्रपत्रिका प्रकाशित: २०७५-११-९ गते
नेपालका बुढा हात्तीलाई अब बृद्धाश्रममा राखिने

चितवन । बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो ।

वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी तिनको स्याहार गर्नेछ। हात्ती नमरेसम्म त्यहीँ पालिन्छ। खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्धाश्रम सुरु गरिएको हो। वृद्धाश्रममा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन् । 
 
मंगलबारदेखि सुरु गरिएको वृद्धाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखिएको छ । अशक्त यो हात्तीले आँखा देख्दैन । एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ। तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ । हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खानेकुरा, बोटबिरुवा लगाइनेछ । हात्तीलाई मौसमअनुसार फलफूल खुवाउने रिसोर्टको योजना छ ।  

वृद्धाश्रममा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ । हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा।ट्रिस लन्डन खटिएकी छन् । बिरामी हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सकको सहयोग र समन्वय गरिने बताइएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छापिएको छ ।







भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..

उच्च खानदानी ठग डायना, फरार डायना परे प्रहरीको फन्दामा
उच्च खानदानी ठग डायना, फरार डायना परे प्रहरीको फन्दामा

काठमाडौँ । ‘उच्च खानदानको हुँ’ भन्दै भारतीय व्यापारी ३८ वर्षीय श्रीपाल जैनलाई ठगी गर्ने महोत्तरी औरी–३ का २१ वर्षीय डायना सेकेण्डलाई प्रहरीले पक्राउ गरेको छ..

भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी अनिवार्य
भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी अनिवार्य

काठमाडौं । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सि..