अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा


रासस/सिन्ह्वा प्रकाशित: २०७५-११-९ गते
अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा

बेइजिङ । रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश चीन, रुस र भारतका विदेश मन्त्रीहरुको बैठक चीनमा हुने भएको छ। यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्रीहरुको १६औँ बैठक गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक हुने तय भएकै दिन तीन देशका विदेश मन्त्रीहरुको बैठक हुन लागेको हो।

अमेरिका र उत्तर कोरियाका शीर्ष नेताहरुको बहुप्रतिक्षित दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोइमा हुने तय भइसकेको छ।

तीन देशका विदेश मन्त्रीहरुको बैठक चीनको छज्याङ प्रदेशको वुछेनमा आयोजना गर्ने निर्णय भएको चीन सरकारका एक जना प्रवक्ताले जानकारी दिए।

चीनका विदेश मन्त्री वाङ यीले बैठकको अध्यक्षता गर्ने भएका छन्। बैठकमा रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभ र भारतका विदेश मन्त्री सुष्मा स्वराजले सहभागीता जनाउने निश्चित भइसकेको अधिकारीहरुले बताएका छन्। 







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..