एकता टिकाउन धौ-धौ परेपछि आजपनि सत्ताधारी (ने.क.पा.) को बैठक बस्दै


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
एकता टिकाउन धौ-धौ परेपछि आजपनि सत्ताधारी (ने.क.पा.) को बैठक  बस्दै

काठमाडौं । साविकका माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकतापश्चात गठन भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भागबण्डाका कारण विवाद चुलिएपछि सचिवालय बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरपछि बिहान ९ बजे बस्ने बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयारीका लागि गठित कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्न लागिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

कार्यदलले  'अपूर्ण' प्रतिवेदन' बुझाएपछि सोमबार बसेको पार्टीको सचिवालय बैठकले त्यसैमाथि छलफल गरेको थियो। उक्त बैठकले छलफललाई जारी राख्दै सचिवालयको अर्को बैठकमा कार्यदलका सम्पूर्ण सदस्यहरुलाई बोलाउने निर्णय गरेको थियो।

आज बस्ने बैठकपछि पार्टीको सांगठनिक एकीकरणको प्रक्रियालाई टुंगो लगाउने भन्ने बारे निर्णय गरिने नेकपाले जनाएको छ । गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलको संयोजकमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए।

कार्यदलले आफ्नो प्रतिवेदन तयार नगर्दै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। तर, गत सोमबारमात्रै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएर सोका सम्बन्धमा छलफल सुरु भएको हो।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 
यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 

काठमाडौं । आज देशका पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका केही स्थानमा मध्यान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ । यस्तै राति, देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्च..