प्रचण्डकी छोरी रेणु दाहालको यस्तो हर्कत, भरतपुरकी उपप्रमुखलाई आयो ज्यान मार्ने धम्की !


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
प्रचण्डकी छोरी रेणु दाहालको यस्तो हर्कत, भरतपुरकी उपप्रमुखलाई आयो ज्यान मार्ने धम्की !

चितवन । सत्ताधारी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालको मनमाैजीबिरूद्ध लडिरहेकी भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहमाथि ज्यान मार्ने धम्की दिइएको छ । 

रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन् । कांग्रेसकै मतदाताले उनलाई भरतपुरको मेयर जिताएका थिए । उपप्रमुखमा भने कांग्रेसकै शाहले चुनाव जितेकी थिइन् । 

स्वप्निल सुवेदीको नाममा खोलिएको फेसबुकबाट अनेरास्ववियू, युवा स‌ंघजस्ता संगठन नाम लिँदै चेतावनीपूर्ण भाषामा सतर्क मात्रै गराएको भन्दै धम्क्याइएको शाहले जानकारी दिइन् । 

धम्की आउनुभन्दा २ दिनअघि पनि महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले शाहमाथि दुर्ब्यवहार गरेका थिए । कार्य सम्पादनका क्रममा जनप्रतिनिधिलाई नगन्ने गरेका सुवेदीले शाहलाइ ''मेयरका अघि तपाईं को हो ?'' भन्दै अमर्यादित व्यवहार गरेका थिए ।

लगत्तै, भरतपुर महानगरपालिकाको उपप्रमुखको सचिवालयले चलाउँदै आएको फेसबुक म्यासेन्जरमा ‘स्वप्नील सुवेदी’ नामको आइडीबाट ज्यान मार्ने धम्की दिइएको हो । प्रशासकीय अधिकृत सुवेदीले दुर्ब्यवहार गरेपछि उपमेयर शाहले मेयर दाहाललाई यसबारे जानकारी गराएकी थिइन् । तर, प्रचण्डपुत्री दाहालले वेवास्ता गरेकी थिइन् । 

मेयर रेणु दाहालको माैनता र आफुमाथि ज्यान नै लिने धम्की आएपछि शाहले सुरक्षा खतराका कारण प्रहरीलाई घटनाबारे जानकारी गराएकी छिन् । प्रहरीले नै यसबारे अनुसन्धान अघि बढाउने भएपछि प्रचण्डपुत्री रेणु दाहालको निर्देशनमा भरतपुर महानगरले ''घटना गम्भीर भएको र यसबारे अनुसन्धान गर्ने'' जनाएको छ । 

नेपाली कांग्रेस चितवनले भरतपुर महानगर उपप्रमुख तथा कांग्रेस नेतृ शाहलाई आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति जनाएको छ।

 







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..