बालिका बलात्कारको मुद्दा मुल्तबीमा


रासस प्रकाशित: २०७५-११-९ गते
बालिका बलात्कारको मुद्दा मुल्तबीमा

सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ।

आरोपित बस्ने घरमा भाँडा माझ्न गएकी १४ वर्षीया बालिकालाई २०७० फागुन २ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले २०७० फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

प्रहरीले ०७० फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरे पनि फरार आरोपित पक्राउ परेका छैनन्। जिल्ला अदालतले २०७० चैत ५ गते आरोपितलाई वारेन्टसहितको म्यादी पुर्जी जारी गरे पनि हालसम्म फेला नपरेकाले मुद्दा मुल्तबीमा राखिएको बताइएको छ।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..