ओलीको कम्युनिस्ट सरकारबारे सेनाको यस्तो धारणा, प्रधानसेनापतिले भने, माथिको आदेश सर्वेसर्वा होइन


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
ओलीको कम्युनिस्ट सरकारबारे सेनाको यस्तो धारणा, प्रधानसेनापतिले भने, माथिको आदेश सर्वेसर्वा होइन

दिक्तेल । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारबारे नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ। सेनाले नियम कानूनभित्र रहेर सरकारलाई सहयोग गर्ने तर कसैको आदेश पर्खेर नबस्ने स्पष्ट पारेको छ। बिहीबार सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले राम्रो कामका लागि आदेश पर्खेर नबस्न निर्देशन दिए। सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिए।

सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सुरक्षाको प्रत्याभूति दिन नेपाली सेनाले सक्नुपर्छ भन्दै उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न निर्देशन दिए ।

यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने दृढता व्यक्त गरे ।

प्रधानसेनापति थापाको कमाण्ड मार्गनिर्देशनमा हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शी तुल्याउने व्यक्त गरिएको छ । सेनापति थापाले भने, ‘गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, सङ्गठनलाई चुनौतीको सामना गर्ने गणपति आवश्यक छ, सही नियतबाट भएको गल्ती सुधार्न सकिन्छ, राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन ।’







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..