पशुपतिको गीत बन्द गर्न लगाएर प्रधानमन्त्रीले गल्ती गरे, ओली राजा होइनः भीमार्जुन आचार्य


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
पशुपतिको गीत बन्द गर्न लगाएर प्रधानमन्त्रीले गल्ती गरे, ओली राजा होइनः भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले पशुपति शर्माको गीत बन्द गर्न लगाएर सरकारले गल्ती गरेको बताएका छन्। अभिव्यक्ति र विचारको स्वतन्त्रता कुण्डित गर्ने प्रयासमा सरकार लागेको भन्दै उनले यसकोे मूल्य चुकाउनुपर्ने चेतावनी दिए। जनताले मन नपराएपछि गायकले आफै हटाए भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको टिप्पणी गर्दै जनताको प्रतिनिधिले राजाको व्यवहार नदेखाउन पनि चेतावनी दिए। 

उनले राष्टपतिले डेढ अर्बको हेलिकप्टर चढेर बालीको हवाई अवलोकन गरेकोमा आलोचना गर्दै यो गीतमा देखाउनु जायज भएको बताए। आचार्यले अहिले मुलुकमा रुल अफ ल भन्दापनि रुल बाई ल हाबी भएको टिप्पणी गरेका छन् ।

बुधबार राति प्राइृम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा। आचार्यले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,”अहिले विधिलाई बहाना बनाएर शासन गरेको अवस्था छ । नियम, कानुन, विधि र संविधान जसले जति मान्नुपर्ने हो, त्यति मानेका छैनन् ।”

अहिले मुलुकको कार्यकारी प्रमुख चुक्नुको मुख्य कारण अहंकारले काम गरेको उनको भनाई छ । उनले थपे,”दोस्रो कुरा अझैपनि नेपालमा लोकतन्त्रको लागि धेरै नेपालीहरुलडे, मिडिया लड्यो, तपाईहरु लड्नुभयो, कानुन क्षेत्रबाट हामी लड्यौं । तर, जे गर्दाखेरि पनि हाम्रा नेताहरु जो शासन सत्तामा जान्छन्, उनीहरुले यो सब चिज बिर्सिन्छन् । लोकतन्त्रमा शासक भनेको जनताको एजेन्ट हो । त्यो भन्दा ठूलो केही पनि होइन । जनताको वारेस हो । तर, उनीहरुले आफूलाई मालिक, मास्टर सम्झिन्छन। जनतालाई उनीहरु दास सम्झिन्छन् । सायद यो कारणले गर्दा यो अवस्था आएको हुनसक्छ । “







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..