भारतले पाकिस्तानमाथि लियो कडा एक्सन, इमरान खान नै निशानामा


नेपालपाना प्रकाशित: २०७५-११-९ गते
भारतले पाकिस्तानमाथि लियो कडा एक्सन, इमरान खान नै निशानामा

नयाँ दिल्ली । काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानबीच विवाद बढेको छ। घटनाको दोष पाकिस्तानमाथि लगाउँदै भारतले सुरुमै पाकिस्तानलाई दिँदै आएको व्यापार सम्बन्धि मान्यता फिर्ता लिएको थियो। अहिले आएर भारतले फेरि पाकिस्तानमाथि अर्काे एक्सन लिएको छ। भारत सरकारमातहत रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो आक्रमणको निन्दा गर्दै मुम्बईस्थित वानखेडे स्टेडियमस्थित आफ्नो मुख्यालयबाट सबै पाकिस्तानी क्रिकेटरको फोटो हटाएको छ। 

बीसीसीआईले मुख्यालयबाट क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानसहित सबै पाकिस्तानी खेलाडीको तस्बिर हटाइदिएको हो । यसभन्दा पहिले पञ्जाब, कर्नाटक, राजस्थान, विदर्भ, दिल्ली र हिमान्चल प्रदेशसहित कयौँ राज्य क्रिकेट एसोसिएशनको मुख्यालयबाट सबै पाकिस्तानी क्रिकेटरको तस्बिर हटाइसकिएको छ । 

सबैभन्दा पहिले क्रिकेट क्लब इन्डिया (सीसीआई) आफ्नो एक रेस्टुरामा राखिएको पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर लुकाएको थियो । 

काश्मीरको पुलवामामा आतंकवादी आक्रमणमा ४४ जना भारतीय सैनिकको ज्यान गएको थियो। घटनाको जिम्मेवारी पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदले लिएपछि दुई देशको सम्बन्धमा उतारचढाव आएको छ। यद्यपि पाकिस्तानले भारतको आरोप ठाडै अस्वीकार गर्दै प्रमाण दिन चुनौती दिएको छ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..