देउवाको दाबी : सरकार हरेक क्षेत्रमा असफल भयो


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
देउवाको दाबी : सरकार हरेक क्षेत्रमा असफल भयो

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।
शनिबार प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सरकारले चिप्ला र ठूला कुरा गर्ने तर काम केही नगर्दा जनता निराश बनेको बताए । सभापति देउवाले विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भएको भन्दै कानुन बनाएर प्रेसमाथि हस्तक्षप गर्न खोजिएको आरोप लगाए ।

उनले २००७ सालदेखि नै लोकतन्त्रको पक्षमा लड्दै आएको कांग्रेस न्याय, समानता र अभिव्यक्ति स्वतन्त्रतामा कसैसित सम्झौता नगर्ने स्पस्ट पारे । कार्यक्रममा प्रेस युनियन पत्रकारिता पुरस्कार पत्रकारद्वय कविर राणा र समीरजंग शाहलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशि ३५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..