राष्ट्रपतिको आलोचना गरेपछि सम्पादक पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
राष्ट्रपतिको आलोचना गरेपछि सम्पादक पक्राउ

एएफपी । सुडानको सुरक्षा निकायले एक प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको गरिएको छ। उनको अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति कार्यालयबाटै पक्राउ गरिको उनको भाई अली मिर्घानीले एएफपीलाई जानकारी दिए । 

सम्पादक मिर्घानीले बसिरको तीन दशक पूरानो शासनविरूद्ध केही हप्तादेखि भइरहेको आन्दोलनलाई दबाउन सङ्कटकालको घोषणा गर्ने पछिल्लो कदम गलत भएको अभिब्यक्ति दिए लगत्तै सुरक्षाकर्मीले गिरफ्तार गरेको थिए । 

भाइ अली मिर्घानीले भने, “राष्ट्रपतिले सङ्कटकालको घोषणा गरेपछि मेरो दाजुले यसबारे अरबी सञ्चारमाध्यमार्फत् प्रतिक्रिया दिनुभएको थियो ।” “त्यसपछि उहाँलाई कार्यालयमा छापामारी पक्राउ गरिएको थियो । अहिलेसम्म उहाँलाई कहाँ लगिएको र कुन अवस्थामा राखिएको छ भन्नेबारे केही बताइएको छैन ।”

उनले भने, “सुडानी राष्ट्रिय गुप्तचर तथा सुरक्षा सेवाका अधिकारीले शनिबारका लागि छापिएका अल–तैयरका सबै पत्रिका नियन्त्रणमा लिएको छ ।” यसबारे प्रतिक्रियाका लागि प्रहरी तथा अन्य सुरक्षा अधिकारीले उपलब्ध हुन चाहेनन् । 

स्काई न्युज अरेवियाले मिर्घानीसँग शुक्रबार लिएको अन्तवार्तामा के बसिरको नयाँ कदमले आन्दोलित जनताको आक्रोशलाई साम्य गर्नेछ भनी गरिएको प्रश्नमा उनले राष्ट्रपतिको पछिल्लो कदमले झन् आन्दोलनको नयाँ तरङ्ग ल्याउने र ‘यसले जनतालाई सरकार हटाउन थप दवाव दिनुपर्ने सन्देश दिने बताएका थिए। 

अमेरिकाबाट इन्जिनियरिङ गरेका मिर्घानीले स्वदेश फर्केर पत्रकारिता शुरू गरेका थिए थियो । उनलाई सुरक्षाकर्मीले समाचार छापेकै कारण पटकपटक नियन्त्रणमा लिई छोडेका थिए । रिपोर्टर्स विदाउट बोडर्स नामक सञ्चारमाध्यम नियमक संस्थाले बताए अनुसार आन्दोलन शुरू भएको दिन गत डिसेम्बर यता कम्तिमा ७९ पत्रकारलाई पक्राउ गरेको थियो । 
सुडान विश्वको प्रेस स्वतन्त्रता सुचिमा १८० मुलकमध्ये १७४ औँ स्थानमा पर्छ । 

आन्दोलनलाई नियन्त्रणमा राख्न राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ । आन्दोलनका क्रममा अहिलेसम्म ३१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने मानव अधिकारवादी संघसंगठनको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । सुडानको सरकारले पाउरोटी, पेट्रोलियम पदार्थ लगायतका सामानमा अत्यधिक मूल्य वृद्धि भएपछि यसको विरोधमा आन्दोलन शुरू भएको थियो । 

सन् १९८९ मा इश्लामिक समूहको सहयोगमा राज्य विद्रोह गरी सत्तामा पुगेका ७५ बर्षीय राष्ट्रपति बसिर पछिल्लो आन्दोलनका कारण निकै कमजोर बनेका बताउने गरिएको छ ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..