ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ६८ औँ जन्मदिन परेको अवसरमा बलिउड अभिनेत्री जया पर्दाले शुभकामनसहित उपहारमा केकसमेत दिएकी थिइन्।

शनिबार विहानै प्रधानमन्त्री ओलीलाई सबैभन्दा पहिले फूलको बुके दिएर जन्मदिनको शुभकामना दिइएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीको सचिवालयको तर्फबाट फूलको बुके’ प्रदान गरेर जन्मदिनको शुभकामना प्रदान गरिएको थियो। तर ओलीेले काटेको केक चाहिँ प्रधानमन्त्रीको सचिवालयले ल्याएको थिएन। ओलीले काटेको केक भारतीय अभिनेत्री जया प्रदाले ल्याइ दिएकी थिइन्।

जयाले ल्याइदिएको केकमा ६८ बर्षमा प्रवेश गरेका ओलीको दीर्घायू र सुस्वास्थ्यको कामना गरिएको बेहोरा अंकित थियो। ‘म प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन गएको थिएँ, भारतीय अभिनेत्री प्रदा प्रधानमन्त्रीलाई शुभकामना दिन आउनु भएको रहेछ’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रम ओली र जया प्रदाबीच पुरानै चिनजान रहेछ।’ जन्मदिनको अवसरमा केक काट्ने पश्चिमा परम्परालाई पछिल्लो समय नेपालीहरुले पनि मज्जासँगै पछ्याउन थालेका छन्। प्रधानमन्त्री ओलीले पनि यो आधुनिक–पश्चिमा परम्परालाई आफ्नो ६८ औँ जन्मदिन मनाउने सिलसिलामा पछ्याए।

अर्थात्, बालुवाटारमा ल्याइएको केक प्रधानमन्त्री ओलीले काटे। प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, जन्मदिनका अवसरमा काटेको केक प्रम ओलीले पालैपालो बुबा मोहनप्रसाद ओली र पत्नी शाक्यलाई खुवाए।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..