कम्युनिष्ट नेताहरूलार्इ काँग्रेस नेता गच्छदारको सुझाव, 'वार्ता गोलीले होइन बोलीले मिलाउ'


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
कम्युनिष्ट नेताहरूलार्इ काँग्रेस नेता गच्छदारको सुझाव, 'वार्ता गोलीले होइन बोलीले मिलाउ'

काठमाडाैँ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले, 'कम्युनिष्ट नेताहरू कोइ सदनमा छन् त कोइ सडक छन्, जसका कारण देशमा विकास भइरहेको छैन, त्यसले राजनीतिकल लगायतका मुद्दा सुल्झाउन गोलीले होइन बोलीले वर्ता गर।'

गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव चन्द) सँग वार्ता गर्नुपर्नेमा जोड दिए । विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए। 

उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे। 







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..