राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको दुृई तिहाइ सरकार पछिल्लो समय संविधान विपरीतका निर्णय गर्दै आएको आरोप लगाएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको अधिकार खोसेको आरोप लगाए।

प्रदेशस्तरीय बैठकमा भाग लिन जनकपुरधाम आएका उनले शुक्रबार पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले कानून निर्माणदेखि विकास निर्माणसम्मका कुरामा एकलौटी निर्णय गरिरहेको जिकिर गरे ।

नेता ठाकुरको यस्तो अभिब्यक्तिले संघीयतामाथि नै प्रश्न उठेको जानकारहरु बताउँछन्।संविधानमा संघीयतालाई सफल बनाउँन बनाइएको काननु केपी ओली नेतृत्वको सरकारले पालन नगरेको उनको आरोप छ। 

“सरकार बनाउन हामीले समर्थन गरेका थियौँ न कि त्यसको पछिपछि हिँड्ने भनेर, राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि सङ्घीय सरकारविरुद्ध हामी कुन रुपमा अघि बढने बारे निर्णय लिनेछौँ”, उनले भने । उनले सरकारबाट समर्थन फिर्ता लिने नलिनेबारे पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै निष्कर्षमा पुग्ने पनि बताए ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..