देशभरि आगजनी घटनाका कारण प्रहरीले बजायो हाइअर्लटको साइरन, शङ्कास्पद १६ जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
देशभरि आगजनी घटनाका कारण प्रहरीले बजायो हाइअर्लटको साइरन, शङ्कास्पद १६ जना पक्राउ

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भने । 

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् । 

उनले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिए । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । 

गृहमन्त्री रामबहादुर थापाले आज उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिए । 

उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले बताए।
यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ । 







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..