एनसेलले सर्वसाधारणका लागि सेयर जारी गर्ने


नेपालपाना प्रकाशित: २०७५-११-१३ गते
एनसेलले सर्वसाधारणका लागि सेयर जारी गर्ने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेको छ’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, ‘छिट्टै कम्पनी रजिष्ट्रार कार्यालयमा पब्लिक कम्पनीमा रुपमा दर्ता गराउँदैछौँ ।

उनका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गनै सकेको छैन तर, कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौँ ।

पब्लिक कम्पनीमा रुपान्तर( भइसकेपछि एनसेलले सर्वसाधरणमा पनि सेयर जारी गर्नुपर्दछ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।


सुनको भाउ घट्यो, कति आजको भाउ ?
सुनको भाउ घट्यो, कति आजको भाउ ?

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक..

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..