धर्म र राष्ट्रियता


नेपालपाना प्रकाशित: २०७५-११-१५ गते
धर्म र राष्ट्रियता

बंशी कुमार शर्मा
प्रजातन्त्र पुनः स्थापनापछि बनेको संविधान २०४७ लाई पूर्ण क्रियाशीलका लागि संघर्षरत तत्कालीन सात राजनीतिक दल र सशस्त्र संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच भारतको उपस्थिति र सहमतिमा भारतको दिल्लीमा १२ बुुँदे घोषणा पत्र सम्पन्न भएको हो । घोषणापत्र सम्पन्न हुने बेला नेपाल हिन्दूराष्ट्रभएको कारण प्रजातन्त्र, शान्ति र विकासमा अवरोध भएको ठहर पनि छैन र घोषणापत्रमा कहिकतै हिन्दूराष्ट्रलाई हटाएर नेपाल राष्ट्र धर्मनिरपेक्ष बनाउनु पर्दछ भन्ने पनि उल्लेख गरिएको छैन ।

 तत्कालीन राजाको सक्रियतालाई निस्तेज गर्नको लागि शान्तिपूर्ण १९ दिने जनआन्दोलनको माग राष्ट्रलाई धर्मनिरेक्ष बनाउने थिएन । जनता, राजनीतिक दलहरुको एजेण्डा पनि थिएन र त्यस एजेण्डालाई जनसमर्थन पनि पाएको छैन केवल दुई चारवटा शीर्ष नेताहरुको उक्साहटका कारण मुलुक धर्मनिरपेक्ष बन्न पुगेको हो । जसले गर्दा आजसम्म कायम राख्दै आएको धर्म संस्कृति, भाषा, भेषभूषा मुलुकबाट हराएर जाने सम्भावना देखिन्छ । राष्ट्रिय पहिचानमा चारैतिरबाट भएको आक्रमण कै कारण मुलुक सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहने या नरहने भन्ने प्रश्न उब्जिएको छ । ॐकार परिवारभित्र (हिन्दू, वैद्व, सिख, किराँत) ९५ प्रतिशत जनसंख्या बसोबास भएको मुलुकमा धर्मनिरपेक्ष बनाउन कति उचित अनुचित हुन्छ त्यसको विश्लेषण नगरी मनपरी ढंगले धर्म निरपेक्ष बनाउनु राम्रो पक्ष होइन ।

पंत्तिकारको भनाई अनुसार धर्म सापेक्ष हुुँदैमा अरु धर्मावलम्बीहरुलाई बसोबास गर्नु हुुँदैन भन्न खोजेको होइन केवल राष्ट्रको पनि धर्म हुन्छ । त्यसलाई बचाइराखेमा सबैको अस्तित्व कायम हुन्छ भन्न खोजेको मात्र हो । संसारका विकसित र प्रजातान्त्रिक मुलुकहरुको इतिहास हेर्दा सबै राष्ट्रहरुका आ–आफ्ना धर्म भएको पाइन्छ । त्यसैले राष्ट्रको धर्म हुुदैन भनेर प्रचार गर्नु भ्रम फैलाउनु हो । संसारको सबैभन्दा शक्तिशाली लोकतान्त्रिक विकसित मुलुक संयुक्त राज्य अमेरिकाको मुद्रामा “हामी भगवानमा विश्वास गर्छौ” भनेर लेखिएको हुन्छ । सन् १९८२ मा लागू भएको क्यानडाको संविधानको प्रस्तावनामा नै क्यानडा भगवान र कानुनको सांसदको सर्वोच्चता स्वीकार गर्ने सिद्धान्तमा स्थापित छ । यो कारणहरुले ति विकासित मुलुकहरुले धर्मलाई राष्ट्रको पहिचानसँग गाँसेर अगाडि लगेको देखिन्छ । राष्ट्रको धर्म नै देशको अस्तित्वसँग गाँसिएको हुनाले सबै प्रजातान्त्रिक मुलुकहरुले आ–आफ्नै धर्मलाई अगाडि सारेको देखिन्छ ।

राज्यको धर्म हुुँदैन भनेर चर्को स्वरमा वकालत गर्ने नेताहरुले धर्मको व्यापार गर्न आएकालाई देउता सरह पूज्ने गरेका छन् । ती नेताहरुले पूर्खा र सन्ततिहरुलाई ठूलो धोका दिएका छन् । 

हुनतः धर्म निरपेक्ष बनाउनमा जोड गर्ने शीर्ष नेताहरुले पनि जन्मदेखि मृत्युसम्मका क्रियाकलाप हिन्दू परम्परामा नै गर्ने गर्दछन् । बोली र व्यवहार फरक गर्नेले विश्वको इतिहास हेर्न जरुरी देखिन्छ । विश्वकै ग्रन्थहरु मध्येमा उच्च कोटीका ग्रन्थ वेद, गीता, महाभारत, रामायण, पतञ्जली, शिव, उपनिषद सबैमा जातभात, छुवाछुत कहिँकतै उल्लेख छैन । त्यसैले विश्वले उच्च कोटीमा राखेका हाम्रा ग्रन्थहरुलाई मात्र अध्ययन मनन गर्ने हो भने धेरै कुरा जान्न सकिन्छ । यस्तो तथ्य बुझ्न नसकेकै कारण विश्वकै उत्कृष्ट संस्कृति बोकेको हिन्दू धर्मलाई मेटाउनु भनेको मुलुकको अस्तित्व नै मेटाउनु हो । समाज विज्ञानका विज्ञहरुले भन्ने गर्दछन् कुनै पनि राष्ट्रको धर्म संस्कृति नष्ट भएमा त्यो राष्ट्र स्वतः हराएर जान्छ । त्यसैले कुनै पनि राष्ट्रको अलग अस्तित्वको लागि मौलिकता नै अपरिवर्तनीय हुनुपर्दछ ।

विविधताले भरिएको हाम्रो मुलुकमा अनेकताको प्रचार प्रसार गरेर मात्र राष्ट्रियता बलियो हुन सक्दैन । विश्वको एकमात्र हिन्दूराष्ट्र नेपालको अस्तित्व र पहिचान विश्वमै बेग्लै छ । यही नै नेपालको राष्ट्रियता बलियो आधार हुन सक्छ । किनकी विश्वको लोकतान्त्रिक मुलुकहरुले पनि आफ्नो अस्तित्व र पहिचान कायम राख्नको लागि राष्ट्रिय धर्म कायम गरेका हुन्छन् । उदाहरणको लागि विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति, उपराष्ट्रपतिहरुले सपथ लिँदा बाइबलमा हात राखेर लिने गर्दछन् । त्यति मात्र होइन विश्वकै शक्तिशाली मुलुक संयूक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नको लागि क्रिश्चियन धर्मालम्बी अनिवार्य छ । अरु धर्मालम्बी राष्ट्रको प्रमुख कार्यकारी पदमा हुन पाउँदैन । । अरव मुलुकहरुमा स्लामीक धर्मालम्बीहरु मात्र मुलुकको कार्यकारी पदमा हुन पाउँछन् । हाम्रै दक्षिण एसियालीकै छिमेकी मुलुक पाकिस्तानमा स्लामीक धर्मालम्बी(मुस्लिम)मात्रै राष्ट्रको कार्यकारी पदमा भएका छन् । त्यसो भन्दै गर्दा हाम्रो मुलुकमा अरु धर्मालम्बीहरु मुलुकको कार्यकारी पदमा हुनु हुँदैन भन्ने तर्क होइन । वास्तवमा सबै धर्मालम्बीहरुलाई समान अवसर, समान सम्मान र संरक्षण गर्नु पर्दछ । 

सबै धर्मालम्बीहरुले आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्दछ । यति भन्दै गर्दा हाम्रो मुलुक विश्वको एक मात्र हिन्दु राष्ट्र हो । हाम्रो पहिचान हिन्दुत्व हो । हिन्दु गणतन्त्र सम्भव छ । वास्तविक जरोसम्म नपुगेकाले हिन्दु गणतन्त्र सम्भव छैन भन्ने वकालत गर्ने गर्दछन् । विश्वमा हाम्रो पहिचान, चिनारी र राष्ट्रमा छरिएर रहेका सम्पूर्ण जातजाति, भाषाभाषी सबैलाई एकै थलोमा एकीकरण गर्न सक्ने शक्ति हिन्दुत्वमा छ । विभिन्न राष्ट्रहरुले आ–आफ्नो राष्ट्रिय धर्म कायम गरेका हुन्छन् त्यसैले आफ्नै अस्तित्व मेटाउने गरी नयाु नेपालको खोजी गर्नुभन्दा अस्तित्वको जगेर्ना गर्दै समृद्धशाली नेपाल बनाउनु नै राष्ट्रियता हो ।
 







भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !
भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !

-सरोज पण्डित काठमाडाैं । नेपालको दक्षिणी छिमेकी भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सत्ता निरन्तरता कायम भएको छ । लोकसभा चुनावबाट भाजपाकै नेतृत्वमा पुनः ५ बर्षको..

भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु
भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

काठमाडौं । भूमध्य सागरमा प्रवासीहरु चढेको एक डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । यो डुंगा बिही..

नैतिकताले समाज परिवर्तन गर्न सकिन्छ : बंशी कुमार
नैतिकताले समाज परिवर्तन गर्न सकिन्छ : बंशी कुमार

काठमाडौं । आर्थिक लेनदेनमात्र भ्रष्टाचार होइन । भ्रष्टाचारका स्वरुप धेरै छन् । अनैतिक कार्य गर्नु, भ्रममा पार्नु, छलकपटी गर्नु, कालोबजारी गर्नु, राष्ट्रसेवक कर्मचारी समयमा अफि..

सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्
सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्

काठमाडौं । सम्माननीय बलत्कारी ज्युँ ! तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार..