बलिउड अभिनेता अमिताभ बच्चनले गाए र्‍याप, (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-१७ गते
बलिउड अभिनेता अमिताभ बच्चनले गाए र्‍याप, (भिडियोसहित)

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री तपसी पन्नुको नयाँ फिल्म ुबदलाु आउँदैछ। यही मार्च ८ मा रिलिज हुने फिल्म शाहरूख खानको ‘रेड चिल्लीज इन्टर्टेमेन्ट’ले निर्माण गरेको हो।

फिल्म रिलिज नजिकिँदै जाँदा ‘बदला’ले दुई वटा गीत सार्वजनिक गरिसकेको छ। यसअघि ‘क्यू रब्बा’ बोलको गीत सार्वजनिक भएको थियो। बिहीबार साँझ अर्को गीत सार्वजनिक भएको छ जुन निकै चर्चामा छ।

‘औकात’ बोलको गीत केही घन्टामै चर्चित हुनुमा दुई मुख्य कारण छन्। पहिलो, यो र्‍याप गीत हो। दोस्रो, यसलाई बदलाका मुख्य अभिनेता अभिताभ बच्चनले गाएका हुन्।

रणवीर सिंह र आलिया भट्टको ुगली ब्वाइु मा दर्शक तथा स्रोताले रणवीरकै स्वरमा र्‍याप सुन्न पाएका थिए। अब दिग्गज अभिनेता अमिताभको आवाज र्‍यापमा झुमेको छ। गीतमा अमिताभलाई गायक अमित मिश्र र क्लिन्टन सेरेजोले साथ दिएका छन्। यसको संगीत संयोजन क्लिन्टनले र शब्द रचना सिद्धान्त कौशलले गरेका हुन्।

अमिताभले भिडियोमा र्‍याप गाउँदै त्यही अनुसार हाउभाउ गरेका छन्। सुजोय घोषद्वारा निर्देशित बदला ुथ्रिलरु फिल्म हो।अमिताभ र तपसीले यसअघि ुपिंकु फिल्ममा सँगै काम गरेका थिए। पिंकले निकै राम्रो प्रतिक्रिया पाएको थियो। 


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..