भारतकी डान्सरलाई उछिनिन् नेपालकी बन्दनाले, गिनिज बुकमा पाइन् यस्तो स्थान


नेपाल पाना प्रकाशित: २०७५-११-१७ गते
भारतकी डान्सरलाई उछिनिन् नेपालकी बन्दनाले, गिनिज बुकमा पाइन् यस्तो स्थान

काठमाडौं । लगातार एक सय २६ घण्टा लगातार नाचेर   रेकर्ड कायम गरेकी बन्दना नेपालको नाम गिनिजमा दर्ता भएको छ। धनकुटाकी १७ वर्षीया डान्सर बन्दनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नाम दर्ता गराएकी छन्। गिनिज वल्र्ड रेकर्डले मंगलबार उनलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टिफिकेट दिएपछि उनी संचारमाध्यममाबाट पनि चर्चा बटुलेकी छन्।

‘गिनिज बुक अफ वल्र्ड रेकर्डले मलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टिफिकेट प्रदान गरेको छ’,उनले भनिन्, ‘मेरो मेहेनतले गर्दा नेपालको नाम विश्वसामु परिचित भएको छ। यो रेकर्डले मलाई प्रोत्साहित गरेको छ।’ बन्दनाले नेपाल फाउण्डेसनबाट विभिन्न सामाजिक गतिविधिमा सक्रिय भई नृत्यलाई निरन्तरता दिने प्रतिक्रिया दिइन्।

गत मंसिरको पहिलो साता बत्तीपुतलीस्थित विग फुडल्याण्डमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीतहरूमा लगातार ६ दिन नृत्य गरेकी थिइन्। लगातार नाच्ने क्रममा निन्द्राका कारण स्टेजमा ढलेकी थिईन।

यसअघि गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान भारत केरलाकी कलामण्डलम हेमालथाले नाम लेखाएकी थिइन्। उनले १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिजमा नाम राखेकी थिइन्। बन्दनाले भने त्यो समयभन्दा बढी नाचेर उनको नामलाई ब्रेक गरिदिएकी थिइन्। 


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..