धुव्र केसीलाई उर्जाको समय आएपछि... (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-१८ गते
धुव्र केसीलाई उर्जाको समय आएपछि... (भिडियोसहित)

काठमाडौं । नेपाली संगीत जगतमा अलग उर्जा सहित गजल संग्रह ‘समय आएपछि’ बजारमा आएको छ ।

संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र केसी ‘गुमनाम’ को सृजना र संगितकार ईश्वर खत्रीको संगीतमा सजिएका गजलहरुमा संगीत संयोजन किरण कंडेलले गरेका छन् ।

हालै काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगीतकार दिपक जंगमले विमोचन गरेका छन् ।

डिएआर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलले उक्त गितमा आफ्नो आवाज दिएका छन् ।

म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मी भट्ट, राजाराम गौतम, श्वेता गोले लगायतको अभिनय रहेको छ ।प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक केसी, ग्राफर विशेष मर्हजन र सम्पादन नविन भट्टले गरेका छन् ।

गजलको म्युजिक भिडियो पर्यटकीय नगरी धुलिखेलमा छांयाकन गरिएको डिएआर मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति)ले जानकारी दिए । 


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..