‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ आयो बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-२१ गते
‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ आयो बजारमा (भिडियोसहित)

काठमाडौं । नायकद्वय सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य अभिनय रहेको चलचित्र ‘यात्रा’को दोस्रो गीत  ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक भएको छ । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो ।

नेपाली चलचित्र ‘आफ्नो मान्छे’बाट लिइएको उक्त गीतमा गायिका मेलिना राई तथा गायक धर्मेन्द्र सेवानको स्वर रहेको छ । पुरानो गीतमा भने शम्भुजीत बाँस्कोटा र साधना सरगमले आवाज दिएका थिए ।

पुरानो श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहलाई फिचर्ड गरिएको थियो । यस नयाँ गीतमा ‘यात्रा’का सलिनमान, सलोन जान्भी बस्नेत, प्रेक्षा बज्राचार्यलाई फिचर्ड गरिएको छ । नयाँ गीतमा पनि शम्भुजीत बाँस्कोटाले नै संगीत भरेका छन् । पुरानो गीतमा पनि उनैले संगीत भरेका थिए ।

यस फिल्ममा ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका सलिनमानलाई नायकको रुपमा र अर्का नायक सलोनलाई खलनायकको रुपमा देखाइएको छ । केशव भट्टराई र सुशील पोखरेलले संयुक्त निर्माणमा निर्माण गरेको यस फिल्म सम्राट शाक्यको निर्देशनमा बनेको हो ।

सम्राटले यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा धिरेन शाक्य, राजाराम पौडेल, मल्लिका महत एवं विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..