सिंहदरबारबाट 'क्यान्टिन डन' हरू निकालिँदै, कैयाैंको धन्दा चाैपट हुँदै


पत्रपत्रिका प्रकाशित: २०७५-११-२५ गते
सिंहदरबारबाट 'क्यान्टिन डन' हरू निकालिँदै, कैयाैंको धन्दा चाैपट हुँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिन खाली गरिने भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार त्यहाँ चारवटा मात्र क्यान्टिन राख्ने बताइएको छ। टेन्डर प्रक्रियामार्फत स्वीकृति नलिएका क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि क्यान्टिन खाली गर्ने तयारी भएको स्रोतको भनाइ छ।

हाल कृषि तथा पशुपन्छी विकास, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, पर्यटन, भूमि व्यवस्था तथा सहकारी र महिला तथा बालबालिका मन्त्रालय परिसरमा खोलिएका सात वटा क्यान्टिन बन्द भइसकेको सचिवालयल व्यवस्थापन कार्यालयले जनाएको छ।

मन्त्रालय मन्त्रालयका कर्मचारीहरू कार्यालयभन्दा क्यान्टिनमा व्यस्त हुने, कार्यालय प्रयोजनका लागि तयार भएका भवनमा क्यान्टिन बनाउँदा त्यसबाट फोहोर उत्पन्न हुने तथा सुरक्षाका कारणले समेत मन्त्रालयपिच्छे खोलिएका क्यान्टिन बन्द गर्नुपरेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सिहंदरबार परिसरमा टेन्डर प्रक्रियाअनुसार स्वीकृति नलिइएका क्यान्टिन बन्द गर्न निर्देशन दिएको जानकारी दिए। ‘स्वीकृति नलिई खोलिएका क्यान्टिनका कारण फोहोर उत्पन्न भएको र सुरक्षाका कारणबाट समेत क्यान्टिनलाई व्यवस्थित गराउनुपरेको हो,’ उनले भने। नागरिक दैनिकमा यो खबर प्रकाशित छ ।


सुनको भाउ घट्यो, कति आजको भाउ ?
सुनको भाउ घट्यो, कति आजको भाउ ?

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक..

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..