सार्वजनिक यातायातमा मनलाग्दी भाडा, गाडीवालासामू बहुमतको सरकार निरिह


रासस प्रकाशित: २०७५-११-२५ गते
सार्वजनिक यातायातमा मनलाग्दी भाडा, गाडीवालासामू बहुमतको सरकार निरिह

काठमाडौं । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुसी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन्। 

विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुसी बढाएको भनी बढी भाडा लिन थालेका हुन्। बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ।

बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताए। रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले रु २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले रु ३० लिन्छ। साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा रु पाँच बढी लिने गरेको उनले बताए।

यसैगरी सुन्दरीमाई यातायात समितिले भने फागुन ७ गतेदेखि भाडा बढाएको भन्दै आफूखुसी भाडा लिन थालेको छ। यसअघि रत्नपार्क–सुन्दरीजलको भाडा रु २४ तोकिएकामा फागुन ७ गते बढाएको भन्दै रु छ बढी अर्थात् रु ३० असुल्न थालिएको यात्रु सविना घिमिरेले बताइन्।

विभागले असोज ७ गतेपछि भाडा बढाएको छैन। कम्पनीका कार्यालय प्रमुख उपेन्द्र न्यौपाने भने विभागले असोज ७ गते गरेको भाडा वृद्धिकै आधारमा फागुन ७ गते समायोजन गरिएको दाबी गरे। असोजदेखि फागुन ७ गतेसम्म सुन्दरीमाई यातायातले तोकिएको भाडा रु २४ भए पनि रु २५ लिएर यो मार्गमा सवारी चलाउँदै आएको थियो। 

विभागको वेबसाइटमा अहिले पनि असोज ७ गतेपछि भाडा नबढाइएको उल्लेख छ। यस वर्ष असोज ७ गते पनि दसैंको अग्रिम भाडा खोल्नुपूर्व व्यवसायीले दिएको दबाबका कारण भाडा वृद्धि भएको थियो। सुन्दरीमाई यातायात कम्पनीले बेलुकी ८ बजेपछि विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५ प्रतिशत छुट पनि नदिएको यात्रु घिमिरेले गुनासो गरे।

सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा सवारीले टिकट दिएर यात्रा गराउनुपर्ने उल्लेख भए पनि यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल ऐनमा भएको यातायात निरीक्षकको व्यवस्था विभागले नगर्दा यातायात क्षेत्रका धेरै समस्या समाधानमा भन्दा जटिल बन्दै गएको बताउँछन्।

ऐन बनेको २६ वर्षसम्म पनि कार्यान्वयन नहुँदा यात्रु मर्कामा पर्ने गरेको उनले सुनाए।  


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..