काम देखाउन जे पनि गर्ने ओलीलाई सिके राउतको लोप्पा, दोस्रो दिन नै मुलुकविरूद्ध प्रदर्शन


नेपालपाना प्रकाशित: २०७५-११-२७ गते
काम देखाउन जे पनि गर्ने ओलीलाई सिके राउतको लोप्पा, दोस्रो दिन नै मुलुकविरूद्ध प्रदर्शन

काठमाडौँ । नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । 

राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए ।

सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए । प्रहरी भने मूकदर्शक थियो । नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..