नेपालबारे सांसद अल्का लाम्बाले लेखेको विवादित ट्वीट माफी माग्दै हटाइन् !


नेपाल पाना प्रकाशित: २०७५-११-२८ गते
नेपालबारे सांसद अल्का लाम्बाले लेखेको विवादित ट्वीट  माफी माग्दै हटाइन् !

दिल्लीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छिन् । मंगलबार बिहान गरेको ट्वीटको निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् ।

उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’

Alka Lamba@LambaAlka

पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
God bless friendship.

1,013

14:47 - 12 Mar 2019

Twitter Ads information and privacy

463 people are talking about this 

 

 

आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दा नेपाल र नेपाली नागरिकप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी थिइन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् । 

अल्काले हटाएकाे ट्वीट यस्ताे छ

अल्काले हटाएकाे ट्वीट यस्ताे छ

 

 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..