तालिवान लडाकूको भीषण आक्रमण, ११ सुरक्षाकर्मी मारिए


नेपाल पाना प्रकाशित: २०७५-११-२८ गते
तालिवान लडाकूको भीषण आक्रमण, ११ सुरक्षाकर्मी मारिए

काठमाडौं । पश्चिमी प्रान्त बादघिसमा तालिवान लडाकूसँगको भीडन्तमा ११ सुरक्षाकर्मी मारिएका छन् । सोमबार राति भएको भीडन्तमा दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

तालिवान लडाकूले भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिए । भीडन्तमा तालिवान लडाकू पनि ठूलो संख्यामा मारिएको फिरोजले दाबी गरेको छ ।

भीडन्तस्थल राजधानी काबुलबाट ५ सय ५५ किलोमिटर टाढा छ । बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिवान लडाकू समूहले आइतबार गरेको आक्रमणमा पनि २० भन्दा बढी सैनिक मारिएका थिए ।


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..