फिल्म ‘कलंक’को टिजर सार्वजनिक, मुख्य भूमिका कस्काे ?


नेपाल पाना प्रकाशित: २०७५-११-२८ गते
फिल्म ‘कलंक’को टिजर सार्वजनिक, मुख्य भूमिका कस्काे ?

काठमाडाैं । फिल्म निर्माता करण जोहरको बहुप्रतिक्षित फिल्म ‘कलंक’को टिजर सार्वजनिक भएको छ । ‘कलंक’ को यस टिजरमा अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट मुख्य भूमिकामा देखिएका छन् । 

टिजरमा सुरुमा अभिनेता आदित्य रोय कपूर र आलिया भट्टको विवाह भइरहेको देखाइएको छ भने आलिया भट्ट र वरुण धवनबीचको केमेस्ट्री देखाइएको छ । टिजरमा धेरै डायलग नभए पनि भएका २/३ वटा डायलगबाटै यो फिल्म निकै उत्कृष्ट होला भन्ने अनुमान लगाउन सकिन्छ । 

यस फिल्ममा कलाकारहरुको जीवन्त अभिनयका साथै फिल्मको सेट पनि भव्यताका साथ प्रस्तुत छ । फिल्ममा बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितको डान्सको कोरियोग्राफ सरोज खानले गरेकी छिन ।

टिजर सार्वजनिक भएसँगै दर्शकहरुमाझ यस फिल्म प्रतिको उत्सुकता अझै बढाइदिएको छ । अभिषेक वर्मनको निर्देशन रहेको फिल्म ‘कलंक’ २०१९ को अप्रिल १७ मा रिलिज हुनेछ । 


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..