मोदीको नाम जोडेर विना आधारमा अल्काले नेपालीको अपमान गरेपछि...


आम आदमी पार्टीकी नेतृ लाम्बाका कारण भारतको छवीमाथि पुग्यो धक्का
नेपाल पाना प्रकाशित: २०७५-११-२९ गते
मोदीको नाम जोडेर विना आधारमा अल्काले नेपालीको अपमान गरेपछि...

काठमाडौं । आम आदमी पार्टीकी नेतृ सांसद अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम जोडेर नेपालीको अपमान गरेपछि उनलाई आत्मग्लानीको सामना गर्नु परेको छ।  

भारतमा मोदी सरकार आएदेखि सबै तिर विकास र समृद्धि वातारवरण बनेको छ। तर आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल र तिनका कार्यकताहरु त्यसलाई स्वीकार गर्न तयार छैनन् । अझ मोदी सरकारविरुद्ध विना प्रमाण र आधारका तथ्यहिन वक्तब्य गर्दै हिडिरहेका छन्।  

भारतमा पछिल्लो समय मोदी सरकारले कालो धन लिएर नोट बन्दी गरेपछि त्यसको  चर्को विरोध आम आदमी पार्टीले गरेको थियो। अध्यक्ष केजरीवालले अधिकांश सार्वजनिक कार्यक्रममा मोदी सरकारको आलोचना गर्नु बाहेक अन्य कुरा धेरै कम गर्ने गर्छन्। यसले के बुझ्न सकिन्छ भने अध्यक्ष केजरीवाल मोदी सरकारको देश विकास गर्ने आधुनिक कदमलाई मान्न तयार छैनन्।   

अझ स्पष्ट रुपमा भन्नुपर्दा मोदी सरकारलाई केजरीवाल देख्न समेत मन पराउँदैनन्। यसको खास कारण नोट बन्दीलाई उदाहरणको रुपमा लिन सकिन्छ।नजिकन लागेको लोकसभा चुनावलाई टार्गेट गरी पछिल्लो समय केजरीवाल सदनदेखि सडक सम्मै मोदी सरकारविरुद्ध तथ्यहिनका कुरा गर्दै आएका छन्। 

दक्षिण एशियामै भ्रष्टाचार र कालो धनको विरुद्ध भारतले कडा कदम चाले पछि विना स्रोतको जम्मा गरेर राखेका पैसा कागजमा परिणत भएका थिए। सोही मुद्धालाई केजरीवालले ठुलो मुद्धा बनाइ मोदी सरकारको आलोचना गरेका थिए। तर भारतीय उच्च स्रोतका अनुसार केजरीवालका अधिकांश नेता तथा कार्यकर्ताहरुसँग कालो धन भएको हुँदा उनले मोदी सरकारको यस्तो कदमप्रति विमति जनाएका थिए।

स्रोतले भन्यो, अध्यक्ष केजरीवाल २०१९ को चुनाव जित्न उक्त कालो धनको प्रयोग नपाउँदा मोदी सरकारविरुद्ध आक्रोशित भएका हुन्।  अझ अध्यक्ष केजरीवाल मोदी सरकारलाई चोर सम्म भन्नुका साथै कुनै अनुभूति गर्न लायक काम नगरेको आरोपसमेत लगाएका छन्।

तर अध्यक्ष केजरीवालको उक्त आरोप र वक्तब्य बाजीको कुनै औचित्य नरहेको भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले स्पष्ट पारे। उनले भने देशमा बीजेपीको सरकार आएदेखि विकासका पूर्वाधारमा उल्लेखनिय मात्रमा फड्को मारेको छ।

उनले बीजेपी नेतृत्वको मोदी सरकारले कालो धनमाथि विशेष निगरानी गरेको स्पष्ट पारे। उनले भने, सरकारलाई गोप्य स्रोतबाट अधिकांश राजनीतिकर्मी लगायत अवैध काम गर्नेसँग विना स्रोतको पैसा रहेको जानकारी आएपछि वृहत छलफलपछि सरकारले नोटबन्दीको योजना ल्याएको थियो। 

उनले मोदी सरकारले देशमा विकासको काम गर्दा पनि विपक्षी दलका नेताहरु नदेखेँ झैँ सरकारको आलोचना गर्नु बाहेका कुनै अरु काम नरहेको जिकिर गरे। विजेपीको सरकार आएदेखि अधिकांश क्षेत्रमा प्रगति भएको उनले बताए।

उनले आम आदमी पार्टीकी नेतृ लाम्बाका कारण भारतको छवीमाथि धक्का पुगेको बताए। उनले भने सरकारको आलोचना गर्दा छिमेकी मुलुक नेपालमाथि समेत आलोचक शब्दको प्रयोग गरेपछि अन्तराष्टिय स्तरमा भारतको छवीमाथि धक्का पुगेको हो

केजरीवाल तथा उनका कार्यकर्ताहरु सही शब्दको प्रयोग गर्न नजन्दा अन्तत छिमेकी मुलुक नेपालका नागरिकसँग सार्वजनिक रुपमै माफी माग्नु परेको छ।आम आदमी पार्टीकी सांसद लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छिन् । मंगलबार बिहान गरेको ट्वीट्को निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् ।

उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीट्बाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ। म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’


उत्तर कोरियाका दुई डुंगा रुसको नियन्त्रणमा
उत्तर कोरियाका दुई डुंगा रुसको नियन्त्रणमा

काठमाडौं । रुसले उत्तर कोरियाका दुई डुंगा नियन्त्रणमा लिएको छ । माछा मार्दै रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको भन्दै डुंगा नियन्त्रणमा लिएको हो । रुसको समुन्द्री क्षेत्..

अमेरिकी राष्ट्रपति ट्रम्पसँग शान्ति वार्ता गर्न अफगानिस्तान तयार
अमेरिकी राष्ट्रपति ट्रम्पसँग शान्ति वार्ता गर्न अफगानिस्तान तयार

काठमाडौं । अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अम..

पाकिस्तान अधिनस्थ कश्मीर भारतमा गाभ्ने जयशंकरको घोषणा 
पाकिस्तान अधिनस्थ कश्मीर भारतमा गाभ्ने जयशंकरको घोषणा 

नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले पाकिस्तान अधिनस्थ कश्मीर भारतमै गाभ्ने घोषणा गरेका छन् ।  आजाद कश्मीरका नाममा पाकिस्तानले शासन गरिरहेको भूमी पनि क..

हिन्दु युवतीको हत्या गरेपछि पाकिस्तानमा विरोध प्रदर्शन शुरु 
हिन्दु युवतीको हत्या गरेपछि पाकिस्तानमा विरोध प्रदर्शन शुरु 

कराची । पाकिस्तानको सिन्धमा हिन्दु युवती नम्रता चंदानीको हत्या भएपछि विरोध प्रदर्शन शुरु भएको छ ।  हत्याको विरोध गर्दै मंगलबार राती अबेरसम्म पनि कराचीका सडकमा हजारौं ह..