पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी


प्रकाशित: २०७५-११-२९ गते
पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी

मेक्सिका - अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट बोडर्स’ले जनाएको छ । 

सोही समयावधिमा अन्य १४ जना पत्रकार वेपत्ता रहेका पनि उक्त समूहले जानकारी दिएको छ । पे्रसलाई लक्ष्य गरी भएका यी हत्या अपहरण जस्ता घटनाहरु अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर अपराध भएको बताइएको छ । 

नागरिक समाज र पत्रकारलाई सुनियोजित र बढ्दो रुपमा गरिएको यी आक्रमणलाई मानवताविरुद्धको अपराधको संज्ञा दिइएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का महासचिव क्रिस्टोफ डेलोइरले बताउनुभयो । 

हाल विश्वमा युद्धग्रस्त देशहरु अफगानिस्तान र सिरियापछि पत्रकारको बढी हत्या र अपहरण हुने देशको सूचीका मेक्सिको पर्दछ । 

मेक्सिकोमा पत्रकारहरुको हत्या हुनुको मुख्य कारण लागूऔषध तस्करी र राजनीतिक प्रेरित भ्रष्टाचारीलाई मानिन्छ । 

दण्डहीनता चरम अवस्थामा रहेको मेक्सिकोमा हत्यामा संलग्न अपराधीमाथि कुनै कानुनी कारबाही हुने गरेको छैन । 
–– 







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..