शान्तीको मलामी जान जोकरतन्त्रलाई किन हतारो ? जनता मार्ने खेलोफड्कोमा कम्युनिष्ट सत्ता


नेपालपाना प्रकाशित: २०७५-११-३० गते
शान्तीको मलामी जान जोकरतन्त्रलाई  किन हतारो ? जनता मार्ने खेलोफड्कोमा कम्युनिष्ट सत्ता

काठमाडौं । भनिन्छ : बाँदरको ज्यानमा घाउ लाग्यो भने आफैंले कोट्याउँदा-कोट्याउँदै मर्छ । सत्तामा पनि जब बाँदरे स्वाभावका मानिसहरूको बाहुल्यता रहन्छ, देश युद्धको भँड्खारोमा जाकिन्छ । 

नेपाल एकीकरणयता नै विभिन्न हत्याकाण्ड र शक्तिउन्मादका कारण दुर्घटनामा फसि लामो संक्रमण ब्यहोरेको नेपाल अहिले त्यस्ता शासकहरूको कब्जामा छ, जसले लगभग सकिएको संक्रमणलाई फेरि दोहो-याउन चाहन्छन् । 

दुइ तिहाइ बहुमतको सत्ता लगभग जोकरतन्त्रमा परिणत भएको छ । राजनीतिशास्त्रको सामान्य विद्यार्थीले पनि समाजमा बहुलता हुने हुनाले त्यहाँ असन्तुष्टि हुन्छ र त्यसलाइ राजनीतिक हिसाबले नै हल गर्नुपर्छ भन्ने बुझेको हुन्छ । तर नेपालको राजनीति र देशको मुहार फेर्छु भन्दै राष्ट्र र जनजीविकामाथि धावा बोलेका बर्तमान सत्ताधारी कम्युनिष्ट पार्टीका नेताहरूले यही बिषयलाई समेत बुझ्न सकेका छैनन । 

रिसराग, सत्ताउन्माद र अहमको चरमचुलीमा पुगेका ओली र प्रचण्ड यतिखेर फेरि देशलाइ गम्भीर दुर्घटनामा पार्ने षडयन्त्रको शिकार भइरहेका छन्, या उनीहरू स्वयं युद्धको खेती गर्न चाहन्छन । असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर यी दुइ कम्युनिष्ट नेताले आफ्नो वास्तविक अनुहार अर्कै रहेको समेत खुलाएका छन् । 

विप्लवको असन्तुष्टिको मुख्य जिम्मेवारी ओली र प्रचण्डले लिनुपर्छ । किनकी, उनीहरूले नै साम्यवाद र समानताका ल्याउने भन्दै शुरू गरेको युद्धमा विप्लवहरू त पछि समेटिएका हुन् । शासक र व्यवस्था फेरिने तर जनताको जीवन नफेरिने अवस्थाका विरूद्ध विप्लवको लडाइँ केन्द्रीत भएको देखिन्छ । तर, कम्युनिष्ट सत्ता नै अर्को कम्युनिष्टविरूद्ध यति क्रुर भएको संसारमा सायदै छ । 

कम्युनिष्ट भ्रष्टीकरणका पर्याय बनेका ओली र प्रचण्डको जीवनशैली आम मानिसबाट पुरै अलग भएको छ र फरक छ । यिनका आसेपासे हनुमान र अरिङ्गालहरू समेत जनताको जीवनबाट पुरै अलगथलग भइसकेका छन् । संसदीय व्यवस्थाको निर्वाचनमा शासक चुन्नुपर्ने बाध्यताले मात्रै जनताको मत कहिले कांग्रेस, कहिले कम्युनिष्ट नामको बर्कोधारीहरूको कचाैरामा परिरहेको हो । अन्याथा : यदी छुट हुन्थ्यो भने जनताले शासकको इहलिला तमाम गरिसक्थे । 

देश बदल्छु भन्ने, निकै हल्लाबाजी गर्ने, विकासका खोक्रा र मनगढन्ते कुरामा जनतालाइ बारम्बार पंगु बनाउने, शासकको या सर्कसको जोकर नछुट्टिने खालका कुरा गर्ने, जिब्रोलाइ कहिल्यै नियन्त्रणमा नराख्ने, जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्ने, आलोचना खेप्न नसकेपछि आक्रमणमै उत्रने वर्तमान ओली सरकारको विशेषता हो । देश विखण्डनको पासा फैलाइरहेको सिके राउत भन्ने कोही सनकीलाई मानमनितो गर्ने, तर सामाजिक न्याय र परिवर्तनका लागि ज्यू-ज्यान दिएका राजनीतिक व्यक्तिमाथि यतिविघ्न खनिनुका पछाडी जोकरतन्त्रको छनक मात्रै पाइन्छ ।

रोम जलिरहँदा बासुरी बजाउने निरोजस्तै भएका छन् ओली र प्रचण्ड । यी कहिले 'सिग्नेचर पोज' को फोटो खिचाउन व्यस्त छन्र, कहिले जुँगामा ताउ लगाउन । कुनै समय ओलीले प्रचण्डलाई भन्थे : ''काठमाडाैंमा रिसाएको बिरालो रोल्पा गइ खाँबो चिथो-यो ।'' देशको मुहार फेर्न ज्यु-ज्यान दिएका जनयुद्धका सेनाहरूलाई माकाफुइँ (नेवारी भाषामा बाँदर), ठेट्ना, आतंकी गुरिल्ला, लुटेराहरूको जत्था भन्ने ओलीसँग यतिखेर प्रचण्डको पार्टी नै मिलान भएको छ । 

प्रचण्डचाहिँ 'पत्रु कम्युनिष्ट नेता' को हैसियतमा यतिखेर आफैंले हाँकेको युद्धमाथि विषवमन गर्ने ओलीको आलिंगनमा छन् । युद्धमा आफुलाइ छविलालबाट 'प्रचण्ड' बनाउन अहोरात्र खट्ने र ज्यू-ज्यानको बाजी राख्ने नेत्र विक्रम चन्द 'विप्लव' चाहिँ प्रचण्डका शत्रु करार भएका छन् । 

राजनीतिक शक्तिमाथि दमन गर्दा जे भयो वा हुन्छ, मुलुकलाइ ओली र प्रचण्डले त्यतै लैजान खोजेका छन् । हातहतियारको राजनीति त्यागेर शान्तीपूर्ण संघर्षमा ल्याउन कोशिस गर्नुको साटो १० बर्षसम्म चलेको यूद्धको विसर्जनपश्चात असन्तुष्ट बनेको ठूलो शक्तिलाइ चिढ्याएर देशलाई अधोगतिमा पार्ने खेलोफड्कोमा ओली र प्रचण्ड जसरी लागेका छन्, त्यो निकै डरलाग्दो सर्कसको दृश्यजस्तो छ ।







जेठ २२ गते प्रदेश १ को नीति सार्वजनिक हुने
जेठ २२ गते प्रदेश १ को नीति सार्वजनिक हुने

मोरङ । जेठ २२ गते प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुनेभएको छ । प्रदेश १  मन्त्रिपरिषद्को  बिहिबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रमको मिति तय गरेको हो..

नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रधानमन्त्री ओली
नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको बताउनुभएको छ ।  किराँत धर्मावलम्बीको महान् चाड उभौलीका अवसरमा आज शुभकामना सन्देश जारी ग..

कैलालीमा कडा सुरक्षा देखिएपछि रेशम चौधरीलाई छुटाउन सप्तरीमा चालियो यस्तो कदम, सिधै प्रधानमन्त्रीलाई...
कैलालीमा कडा सुरक्षा देखिएपछि रेशम चौधरीलाई छुटाउन सप्तरीमा चालियो यस्तो कदम, सिधै प्रधानमन्त्रीलाई...

पछिल्लो समयमा कैलालीमा कडा सुरक्षा बनाइएको छ। संघीय संसद सदस्य पदको शपथ लिएका रेशमलाल चौधरीसहित ११ जनामाथि लागेको जन्मकैदको मुद्दा खारेज गरी अविलम्ब रिहा गर्नु पर्ने भन्दै सप्..