कांग्रेसमा भाँडभैलो, पाैडेल समूहले अर्को नेविसंघ बनाउँदै


पत्रपत्रिका प्रकाशित: २०७५-११-३० गते
कांग्रेसमा भाँडभैलो, पाैडेल समूहले अर्को नेविसंघ बनाउँदै

काठमाडौं। नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ यतिखेर केन्द्रीय समितिविहीन अवस्थामा छ । पटक-पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महरले गत महिना राजीनामा दिएपछि नेविसंघ झगडा प्रकरण पार्टी शीर्ष तहमा पुगेको हो ।

अब बन्ने तदर्थ समिति कस्तो र कसको पक्षकोे बनाउने भन्ने विवादले पार्टी अनिर्णयको बन्दी बनेको छ । नेविसंघको नेतृत्वमा कसको पक्ष ल्याउने भन्नेबारेमा शीर्ष नेताबीच मतभिन्नता रहेका कारण पार्टीले तदर्थ समिति बनाउन सकेको छैन । मातृ पार्टीमा जस्तै नेविसंघभित्र पनि गुटउपगुट रहेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै कांग्रेसभित्र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षबीच गुट रहेको छ । साथै पार्टीका प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

सभापति देउवालाई नेविसंघको नेतृत्वमा आफ्नो पक्ष ल्याउनुपर्ने भन्दै पौडेल र सिटौला पक्षका नेताहरुले दबाब दिइरहेका छन् । तर देउवा पक्ष यसमा मान्न तयार छैन । सभापति देउवा पक्षले पेलेर जान खोजे पौडेल पक्षले समानान्तर समिति घोषणा गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

पार्टीमा देउवाले बहुमतले विधानदेखि अन्य अनुशासन समिति, निर्वाचन समितिमा पेलेर जान खोजे पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने र समानान्तर समिति बनाएर चुनौती दिने पक्षमा देउवाइतर पक्ष रहेको छ ।

यसबाट सभापति देउवा पक्ष झस्किएको छ । केही दिन अगाडि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसी सो निर्णय गरेको हो । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..