७३७ म्याक्सको उडानमा बोइङले नै लगायो रोक


नेपालपाना प्रकाशित: २०७५-११-३० गते
७३७ म्याक्सको उडानमा बोइङले नै लगायो रोक

काठमाडाैं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले उत्पादन गरेका ७३७ मोडलका दुई विमान एकै प्रकृतिको दुर्घटनामा परेपछि कम्पनीले नै सबै यो मोडलका सबै उडान तत्काललाई रोकेको छ । 

हाल बोइङले यो मोडलका ३७१ वटा विमान उडानमा रोक लगाएको जनाएको छ । अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार अनुसन्धानमा पत्ता लगाइएको नायाँ सबुत र स्याटेलाइटबाट प्राप्त नयाँ डाटाको आधारमा विमान ग्राउण्डेड गर्ने निर्णय गरिएको हो ।

हेर्नुहोस् बोइङले जारी गरेको विज्ञप्ति : 

दुर्घटनाको कारण पत्ता लगाउन अहिले अनुसन्धानकर्ताहरूसँग सहकार्य भइरहेको बोइङका अध्यक्ष एवं कार्यकारी प्रमुख डेनिस मुइलेनवर्गले जानकारी दिएका छन् । 

गतसाता इथियोपियाको अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीतर्फ उडेको इथियोपियन एअरको बोइङ ७३७ म्याक्स ७ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । यसअघि इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको बोइङको यही मोडलको विमान पनि उड्नासाट इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । 

५ महिनाको अन्तरमा एकै मोडलका नयाँ विमानहरू एकै प्रकृतिको दुर्घटनामा परेपछि अहिले विश्वभरका हवाइ उड्ययन र सेवाग्राही कम्पनीले बोइङको यो मोडलको विमान उडान रोकेका छन् । इथियोपियन एअरलाइन्सको विमान दुर्घटना भएपनि चीनले सबैभन्दा पहिले यो मोडलको विमान उडानमा प्रतिबन्ध लगाएको थियो । 







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..